मृत नेपाल औषधि लिमिटेडको पुनर्जन्म, महाप्रबन्धक रोवेशकुसुम सुवेदीको अन्तर्बार्ता

बिजमाण्डू
२०७५ मंसिर ११ गते १५:५५ | Nov 27, 2018
मृत नेपाल औषधि लिमिटेडको पुनर्जन्म, महाप्रबन्धक रोवेशकुसुम सुवेदीको अन्तर्बार्ता
हामीले ५०/६० प्रतिशत आयात घटाउन सक्छौं। भारत तथा बंगलादेशबाट आउने औषधिको क्वालिटी र क्वान्टिटी दुवै यहाँ भएपछि हामी औषधिमा आत्मनिर्भर बन्न सक्छौँ। हामीले योजना बनाएर काम गरे यो असम्भव छैन। यहाँ बंगलादेशको मोडल अपनाउन सक्छौँ। बंगलादेशको पहिलेको अवस्था हाम्रो जस्तै थियो तर, अहिले औषधिमा आत्मनिर्भर छ।

नेपाल औषधि लिमिटेड २ वर्ष अघि 'कोमा'मा थियो। संस्था त थियो तर उत्पादन बन्द। औषधि उत्पादन हुन छाडेको सात वर्ष भएको थियो। यसबीचमा महाप्रबन्धक बन्ने र कार्यकाल पूरा गरेर हिँड्नेक्रम जारी रह्यो। तर, औषधि लिमिटेडलाई ब्युझाउँन सकेनन्। यस बीचमा औषधि उत्पादन ठप्पै भयो। दुई वर्षअघि तत्कालीन उद्योग मन्त्री नवीन्द्रराज जोशीले जीवनजल उत्पादनको उद्घाटन गर्दै यसलाई पुनर्जीवनको पहल थाले। खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक बनेर औषधि लिमिटेडमा प्रवेश गरेका रोवेश कुसुम सुवेदीले यसको पुनर्जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहे। उनी भित्रिएको चार महिनामै उत्पादन सुरु भयो। सुवेदीले जिम्मेवारी सम्हालेको २ वर्षमै ६ प्रकारका औषधि उत्पादन सुरु भइसकेको छ। अबको एक वर्षभित्रमा थप १६ भन्दा बढी प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य छ। महाप्रबन्धक सुवेदी भारतीय औषधि कम्पनीले नेपाली बजारमा गरेको दबदबालाई अन्त्य गर्ने लक्ष्य लिएको बताउँछन्। बिजमाण्डूका सागर बुढाथोकीले महाप्रबन्धक  सुवेदीलाई सोधे- सात वर्षदेखि बन्द भएको सरकारी संस्था २ वर्षमै यो रुपमा आउन कसरी सम्भव भयो?
पहिला पनि बजेट आएको थियो, कर्मचारी पनि थिए। काम किन गरेनन्, त्यो बेग्लै पाटो हो। म खुल्ला प्रतिस्पर्धाबाट छानिएर आएको हुँ। आउनुअघि यो संस्थाको 'स्ट्रेन्थ' र 'विकनेस' सबै अध्ययन गरेको थिएँ। संस्थाको इतिहास र वर्तमानमा म 'अपडेट' थिएँ। यो संस्था सरकार र कर्मचारीले चाहेर बन्द भएको थिएन। यो संस्थाप्रति मेरो 'इमोसनल अट्याचमेन्ट'  पनि थियो।

Tata
GBIME
Nepal Life

तीन वर्षको अवधिमा के गर्ने भनेर योजना बनाएर आएको थिएँ। सरकारले चलाउन चाहेको योजना अनुरुप मेरो योजना मिल्यो। त्यसैले म नियुक्त भएँ। मसँग ठूलो योजना केही थिएन। सानो र सम्भव हुने योजना थियो। यसअघि पनि यही फिल्डमा काम गरेकाले कसरी काम गर्ने जानकारी थियो मलाई। 

संस्थामा नियुक्त हुनासाथ 'एक्सपर्ट'हरु हायर गरेँ। छिटो के 'रिजल्ट' निकाल्न सकिन्छ भन्ने कुरामा 'फोकस' भएँ। इतिहासलाई चिर्नु थियो। 'एक्सपर्ट'हरुको सल्लाह अनुरुप 'वर्क आउट' गरेँ। आएको ४ महिनामै जीवन जल सेक्सन लन्च भयो। यसले सरकार र कर्मचारीलाई काम गरे हुनेरै'छ भन्ने सन्देश दियो। काम देखेर सरकार पनि खुशी। लगानी खेर नजाने देखेपछि अर्थ मन्त्रालयले लगानी गर्न सहयोग गर्ने भयो। सबै पक्षले सहयोग गरेपछि हामीले अन्य औषधिहरु 'लन्च' गर्यौ।

सात वर्षदेखि बन्द भएको सरकारी संस्थामा आएर काम गर्न त गाह्रो भयो होला नि?
'तीन वर्षको कार्यकाल बिताउन जाने हो' भनेर म यहाँ आएको भए नेपाल औषधि लिमिटेड यो अवस्थामा आउँदैन थियो। सबै औषधि लिमिटेड चलाउन पोजेटिभ भएका छन् भने, म किन आफ्नो बेस्ट नदिने भनेर आएँ। 
 
प्राइभेट कम्पनीमा काम गरेर आएको मान्छेलाई सरकारी संस्थामा प्रकिया अलमल नै लाग्छ। नोटिस, टेण्डर, सार्वजानिक खरिद जस्ता कुरा उता काम गर्दा एक कलमा हुन्थ्यो। तर, यता धेरै लामो प्रकिया हुन्छ। त्यो प्रकियामा सबै पक्षसँग 'कोअर्डिनेट' गरेँ। सबैले सहयोग गर्नुभयो।  मैले यहाँ उपलब्ध नभएका फार्मेसिस्ट, माइक्रोबायोलोजिस्ट तुरुन्त राख्न पाएँ।

अर्को कुरा लामो समयसम्म काम नगरेका कर्मचारीलाई कसरी काम लगाउने भन्ने समस्या थियो। तर, मैले सही मान्छे सही ठाउँमा राखेर काम गराएँ। त्यस्तै संरचनाको कारणले पनि काम गर्न गाह्रो हुन्छ। एउटै काम प्राइभेटमा गर्दा दुईजनाले हुन्छ भने यहाँ ५ जना चाहिन्छ। फाइल बनाउने, टिप्पणी उठाउने गर्नुपर्छ। यस्तै यस्तै समस्या हो काम गर्नलाई।

काम सुरु गर्दाको योजनाअनुसार नै काम भइरहेको छ कि अन्य योजनाहरु पनि थपिए?
काम गर्न सुरु गर्दा कसरी काम गर्ने भन्ने मात्र 'फोकस' थियो।  उत्पादन गर्न केन्द्रित थियौं। अब अहिले बजारको माग धान्न गाह्रो छ। हामीले कति उत्पादन गर्ने? कति फाइदा हुन्छ? कतिवटा प्रोडक्ट निकाल्ने? भन्ने जस्ता कुराहरु सुरुमा योजना बनाइएको थिएन।
 
अहिले हामीले यी कुराहरु सम्बोधन गर्न 'टेक्निकल रिपोर्ट' बनाएका छौं। यसमा ५ वर्षे योजना छ। अबको ५ वर्षमा नेपाल औषधि लिमिटेडको लक्ष्य के हो? कति उत्पादन गर्ने? जनशक्ति कति राख्ने? कति प्रकारका औषधि उत्पादन हुन्छ? औषिध लिमिटेडले कति फाइदा गर्छ? भन्ने योजना बनाएका छौं। 'फाइनान्सियल इण्डिकेटेर' सहितको योजना छ, त्यसमा।

अहिले ६ वटा औषधि उत्पादन हुन्छ। यही वर्षमा १६ वटा औषधि उत्पादन भइसक्छ। यहाँ बनाउन मिल्ने, मार्केट माग र मुनाफा हेरेर उत्पादन थप्दै जान्छौँ। मेरो ठाउँमा जो आए पनि त्यही रिपोर्टलाई 'फलो' गरे नेपाल औषधि लिमिटेड अब कहिल्यै बन्द हुँदैन। अब औषधि लिमिटेड कसरी अघि बढ्छ भन्ने कुरामा कसैलाई 'कन्फ्युजन' हुँदैन।

तीन वर्षको अवधिमा के गर्ने भनेर योजना बनाएर आएको थिएँ। सरकारले चलाउन चाहेको योजना अनुरुप मेरो योजना मिल्यो। त्यसैले म नियुक्त भएँ। मसँग ठूलो योजना केही थिएन। सानो र सम्भव हुने योजना थियो। यसअघि पनि यही फिल्डमा काम गरेकाले कसरी काम गर्ने जानकारी थियो मलाई। 

बजारको माग पुर्याेउन सकिएला त?
म्यान, मेसिन र मनीमा इन्पुट बढाउँदै लगियो भने धेरै भन्दा धेरै 'डिमाण्ड' पुर्याउन सक्छौं। २१ औं शताब्दीमा मान्छे क्यान्सर लागेर त बाँच्छन्, हाम्रो देशमा जीवन जल नपाएर मर्छन्। त्यसैले हाम्रो 'टार्गेट' दुर्गममा हो। यो वर्ष कालिकोटसम्म हामीले जीवन जल र सिटामोल पुर्याउन सफल भएका छौँ। बिस्तारै हामी देशभर पुर्याउछौँ।

अन्य औषधि कम्पनीसँग प्रतिस्पर्धा गर्न गाह्रो होला नि?
मैदानमा कुनै नयाँ 'स्ट्रङ प्लेयर' आएपछि खेलिरहेको 'प्लेयर'लाई मन पर्दैन। र, नयाँ प्लेयर नौलो रणनीति लिएर मैदान छिरेन भने टिक्न सक्दैन। यो हरेक क्षेत्रमा लागू हुने कुरा हो।

त्यसैले हामीले नयाँ रणनीति बनाएका छौं। सरकारले नि:शुल्क बाँड्ने औषधिहरु हामीले बनाउनेछौं। त्यसो गर्दा सरकारले सजिलै गुणस्तरीय औषधि पाउँछ। सरकारले सरकारलाई नै औषधि दिन सजिलो हुन्छ। यो हाम्रो लागि अवसर हो। स्वास्थ्य मन्त्रालयले अरुसँग किन्ने अर्बौंको औषधि हामीसँग किन्छ। हामीसँग अरुले प्रतिस्पर्धा गर्न सक्दैनन्। 

यतिमात्र हैन, हामीले ५०/६० प्रतिशत आयात घटाउन सक्छौं। भारत तथा बंगलादेशबाट आउने औषधिको क्वालिटी र क्वान्टिटी दुवै यहाँ भएपछि हामी औषधिमा आत्मनिर्भर बन्न सक्छौँ। हामीले योजना बनाएर काम गरे यो असम्भव छैन। यहाँ बंगलादेशको मोडल अपनाउन सक्छौँ। बंगलादेशको पहिलेको अवस्था हाम्रो जस्तै थियो तर, अहिले औषधिमा आत्मनिर्भर छ।

नेपालमा भारतीय कम्पनीकोऔषधिको दबदबा छ, नेपाल औषधि लिमिटेडको उत्पादनले यो दबदबालाई विस्थापित गर्न सक्ला?
२० वर्षअघि भारतीय कम्पनीको ८० प्रतिशत दबदबा थियो नेपाली बजारमा। अहिले त्यो घटेर ५०/५० मा भएको छ। टेक्नोलोजी र लगानी बढ्दैछ। सरकारले नै लगानी गरेपछि  अझै छिटो 'ग्रोथ' हुन्छ। अहिले तत्काल नै नभनौँ अबको ५ वर्षभित्रमा  भारतीय कम्पनिको औषधि ५ देखि १० प्रतिशत मात्र हुन्छ। यही गतिमा 'डेभलभमेन्ट' हुँदै गयो भने ५ देखि १० वर्षमा भारतीय कम्पनीको दबदबा अन्त्य गर्न सक्षम हुन्छौं।

तपाईँ यहाँ आउँदा कस्तो प्रतिक्रिया दिन्थे र अहिले कस्तो प्रतिक्रिया पाउनुहुन्छ?
सुरुमा सबैले शंका गर्थे। 'यस्ता कति आए कति गए काम गर्न सकेनन्, यसले के चमत्कार गर्ला?' भनेर शंका गर्थे मलाई पनि यहाँ आउनुअघि 'कन्फ्युजन' थियो। प्राइभेट कम्पनीमा टेक्निकल फिल्डमा काम गरेको थिएँ। यहाँ आएर काम गर्न सकिन भने करियरमा दाग लाग्ने त हैन? भन्ने डर थियो। 

आएको चार महिनामा जीवन जल लन्च गरेँ। त्यसपछि गर्न सक्ने रैछ भन्ने धेरैले थाहा पाए। फेल हुने अवस्थामा नै मान्छेले धेरै योजना बनाउने हो। संस्थाले छोटो समयमा यो उपलब्धि हात पार्नुको राज योजना नै हो। कामहरु बन्दै गएपछि अरु योजना बने। यो संस्था कति वर्षमा कहाँ पुग्छ म क्लियर छु। सबैकुरा भन्न सक्छु। यही हिसाबले जाँदा यो संस्थाले नाफा नि कमाउँछ। सस्टेन नि हुन्छ। 

तपाईँ निजी संस्थामा काम गरेको मानिस, सरकारी संस्थामा अप्ठेराका चाङ हुन्छ भन्छन्, साँच्चै त्यस्तै हो?
एकदम धेरै कुराहरु छन्। सबैभन्दा ठूलो कुरा सिकेको 'कन्फिडेन्ट' हो। अरु संस्थामा भन्दा यहाँ काम गर्दा धेरै 'कन्फिडेन्ट डेभलप' हुने रहेछ। 'सक्सेस' हुने ठाउँमा भन्दा फेलियर हुने सम्भावना भएको ठाउँमा काम गर्दा च्यालेन्ज धेरै हुन्छ। त्यो च्यालेन्ज फेस गर्न यहाँ सिकेँ। प्रशासनिक काम यहीँबाट सिकेको हुँ। कस्तो मान्छेसँग कसरी काम गर्ने। कुन निकायसँग कसरी काम गर्ने यही यहीबाट सिकेँ। 

म्यान, मेसिन र मनीमा इन्पुट बढाउँदै लगियो भने धेरै भन्दा धेरै 'डिमाण्ड' पुर्याउन सक्छौं। २१ औं शताब्दीमा मान्छे क्यान्सर लागेर त बाँच्छन्, हाम्रो देशमा जीवन जल नपाएर मर्छन्। त्यसैले हाम्रो 'टार्गेट' दुर्गममा हो। यो वर्ष कालिकोटसम्म हामीले जीवन जल र सिटामोल पुर्याउन सफल भएका छौँ। बिस्तारै हामी देशभर पुर्याउछौँ।

बन्द भएको यस्तो संस्थामा आउन 'रिस्क' कसरी लिनुभयो?
इमानदारीपूर्वक भन्दा डर बोकेर नै आएको हुँ म। आफ्नो करियर धरापमा राखेर आएको हुँ। सबै नेपाल औषधि लिमिटेड चलाउने भन्दैछन्, भने म किन उहाँहरुलाई सहयोग नगर्ने भनेर आएकाले एक्सपर्टहरुसँग बसेर रिसर्च गरेँ। 

चुनौतीहरु कत्तिको देख्नुहुन्छ?
नेपाल औषधि लिमिटेड खुल्दा खुशी हुने जति धेरै छन् दु:खी हुने पनि त होलान् नि। मार्केटमा 'कम्पिटिसन' बढेको छ, गाह्रो त छ नि धेरैलाई। सरकारी संस्थामा काम नगर्दा भन्दा बढी काम गर्दा 'रिस्क' बढी हुने देख्नु भएकै छ नि। तर, मैले यहाँ काम गर्न नसकेको भए मेरो करियर सक्किन्थ्यो। 

अबको १० वर्षमा औषधि लिमिटेडको अवस्था कस्तो हुनेछ?
अब मेरो मुख्य ध्यान भनेको म गए पनि औषधि लिमिटेडलाई यो स्थानबाट तल झार्नुभएन। 'म्यान', 'मेसिन' र 'मनीमा' इन्पुट दिनुपर्यो। यसो भएमा ५ वर्षपछि नेपाल औषधि लिमिटेडले नाफा कमाउँछ। सरकारले लगाएको लगानी फिर्ता पाउँछ। हामीले नयाँ नयाँ प्रोडक्टहरु लन्च गरिसकेका हुनेछौँ। हामीसँग यस्ता योजनाहरु धेरै छन्।

त्यस्तै १० वर्षभित्रमा नेपालका सबै ठाउँमा नेपाल औषधि कम्पनीको उत्पादन उपलब्ध हुनेछ। अहिले उत्पादन गर्ने औषधिभन्दा बढी रेन्जका औषधि उत्पादन हुन्छन्। देशलाई औषधि लिमिटेडले राजश्व दिने अवस्था आउनेछ। र, सरकारी उद्योग खुल्न, चल्न, टिक्न र नाफा पनि दिन सक्छ भन्ने सन्देश जान्छ।

यो संस्थामा आएपछि तपाईँले चाहेर पनि गर्न नसकेको काम के हो जस्तो लाग्छ? 
योजनाअनुसार काम भइरहेको छ। रिजल्ट राम्रै आइरहेको छ। सक्ने र सम्भव हुने काम मात्रै गर्ने योजना बनाउँछु। अहिले आएर 'स्नेक एन्टी भेनोम'को बारेमा रिसर्च गरिरहेको छु। त्यो उत्पादन गर्न एकदम गाह्रो छ। लगानी प्रविधि र वातावरण सबै राम्रो चाहिन्छ। त्यसमै रिसर्च गरिरहेको छु। एक 'भाइल' औषधि नभएर मानिसहरु मरिराख्ने कि अर्बौ लगानीको लोभ नगरिकन स्नेक एन्टिभेनम उत्पादनमा लाग्ने। यसैमा एक्सपर्टहरुसँग कुरा गरिरहेको छु।