साढे ४३ लाख पर्ने मनिटो ब्रान्डको ब्याकहो लोडर वीरगंजमा बिक्री शुरु, ६ लिटर तेलले १ घण्टा चल्ने द

बिजमाण्डू
२०७५ मंसिर १२ गते १०:१२ | Nov 28, 2018


वीरगंज। वीरगंजमा फ्रान्सेली ब्रान्डको ब्याकहो–लोडरको बिक्री वितरण शुरु भएको छ। वीरगंजमा आयोजित कस्टमर मिट कार्यक्रममा कम्पनीले यसबारे जानकारी दिएको हो।

Tata
GBIME
Nepal Life

साढे ४३ लाख पर्ने मनिटो टेरेक्स ब्रान्डको ब्याकहो लोडर भारतमा एसेम्बल भएर नेपाल आयात गरिन्छ ।

अर्चना इन्टरप्राइजेज पावर हाउस वीरगंजले यसको बिक्री शुरु गरेको जनाएको छ । यो वीरगंजको बिक्रेता हो । नेपालका लागि आधिकारिक बिक्रेता  अटो–ईलेक्ट्रो–मेक प्राली र हेटौडाको बिक्रेता नेपाल अटो मोबाइल्सले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा निर्माण व्यवसायीहरुको उपस्थिति थियो ।

घण्टामा ६ लिटर डिजेल खाने ब्याकहो लोडर अहिलेसम्मकै सबै भन्दा कम तेल खाने लोडरको रुपमा परिक्षण गरिएको बिक्रेताको दावी छ । अन्य ब्याकहो लोडरमा घण्टामा ८ लिटर सम्म डिजेल खर्च हुने कम्पनीका अध्यक्ष राजेन्द्र महत्रा बताउँछन् ।

पोखरा, हेटौंडा, दाङ, नेपालगंजमा यसअघि नै शाखा विस्तार गरिसकेको नेपालका लागि आधिकारिक बिक्रेताले वीरगंजपछि बर्दिवासमा पनि शाखा विस्तारको योजना बनाएको छ ।

सन २००७ देखि  मनिटो–टेरेक्स ब्रान्डको ब्याकहो लोडर र स्कीड स्टेर लोडरसंगै अन्य कम्पनीको लोडर, एस्काभेटर,कम्प्याट मेशिन,ड्रिल मेशिनलगायत हेभी इक्वीपमेन्ट बिक्री गर्दै आएको कम्पनीका सञ्चालक तथा वीरगंजका व्यवसायी अशोक साहले बताए।

सोही कार्यक्रममा दुईवटा ब्याकहो लोडर बिक्री भएको संचालक साहले जानकारी दिए।