महिन्द्राको पाँच केभीएको पोर्टेवल जेनेटर बजारमा आयो, मूल्य पौने चार लाख रुपैयाँ

बिजमाण्डू
२०७५ मंसिर १२ गते १७:२४ | Nov 28, 2018
महिन्द्राको पाँच केभीएको पोर्टेवल जेनेटर बजारमा आयो, मूल्य पौने चार लाख रुपैयाँ


काठमाडौं। अग्नि इनर्जीले महिन्द्राको पाँच केभीए क्षमताको पोर्टेबल जेनेरेटर बजारमा ल्याएको छ।

Tata
GBIME
Nepal Life

तीन लाख ७५ हजार रुपैयाँ मूल्यको 'पोर्टेबल डिजल जेनसेट' घर देखि साना उद्योगका लागि उपयोगी हुने कम्पनीले जनाएको छ।नेपालका दुर्गम देखि सुगम क्षेत्रमा संचालित साना होटल तथा उद्योगलाई विद्युतीय ब्याकअप दिने उद्धेश्यले कम्पनीले पाँच केभीएको जेनरेटर ल्याइएको कम्पनीले जानकारी दिएको छ।

कमन रेल डिजल 'सिआरडी' इन्जिन प्रविधियुक्त जेनरेटरले अरु जेनेरेटरको तुलनामा इन्धन गर्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार वातावण प्रदुषण न्यून गर्नेछ।कम्पनीले ७.५ केभीए देखि दुई सय केभीएसम्मको जेनेरेटर मध्ये पाँच केभीए, दुई सय पचास केभीए र तीन सय ३० केभीएका जेनरेटर नयाँ ल्याएको हो।

दुई सय १० किलो तौलको  यो पोर्टेबल जेनेरेटरमा १५ लिटर डिजल अट्ने क्षमताको फ्युल ट्याङ्क जडान गरिएको छ। यो जेनेरेटर चार सय ४१ सीसीको छ।