टाटाको ग्लोबल सर्भिस क्याम्प, सिद्धार्थ राणाले गरे उद्घाटन, टाटा विङगर मिनी बस भित्रियो

बिजमाण्डू
२०७५ मंसिर १३ गते १५:०१ | Nov 29, 2018
टाटाको ग्लोबल सर्भिस क्याम्प, सिद्धार्थ राणाले गरे उद्घाटन, टाटा विङगर मिनी बस भित्रियो

काठमाडौं। नेपालका लागि टाटा मोटर्सको अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङले ग्लोबल सर्भिस क्याम्प सञ्चालनमा ल्याएको छ। क्याम्प मंसिर १२ देखि १४ गतेसम्म चल्ने छ। 

Tata
GBIME
Nepal Life

टाटा मोटर्स् कमर्सियल गाडीका अन्तर्राष्ट्रिय व्यापार प्रमुख रुद्ररुप मैत्रा तथा सिप्रदी ट्रडिङका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबराले संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गरेका छन्।

उद्घाटन समारोहमा मैत्राले ४६ देशहरुमा क्याम्प चल्ने जनाकारी दिए। कार्यकारी अध्यक्ष राणाले टाटा मोटर्स र सिप्रदीको सम्बन्ध ३७ वर्ष पुरा भएको स्मरण गरे। 

गाडीसँग सम्बन्धित सम्पूर्ण सल्लाह, सुझाव र जानकारी दिने उद्देश्यले आयोजना गरिएको ग्लोबल सर्भिस क्याम्प नेपालका ३८ विभिन्न स्थानहरुमा सञ्चालनमा छ। 

क्याम्पअन्तर्गत टाटाको सम्पूर्ण डिलर तथा आधिकारिक सर्भिस सेन्टरहरुमा गाडीको सम्पूर्ण स्वास्थ्य जाँचहरु हुनेछ। यो क्याम्पमा चालकहरुका लागि नयाँ प्रविधि एवं सुरक्षित ड्राईभिङ सम्बन्धी निःशुल्क तालिम, टाटाको पार्टसमा विशेष छुट, निःशुल्क लेबर चार्ज, आकर्षक उपहार, लुब्रिकेन्टसमा आकर्षक अफरजस्ता विशेषताहरु छन्। 

क्याम्पकै अवसर पारेर सिप्रद्धीले टाटा विङगर मिनि बसको औपचारिक  कारोबारसँगै साँचो हस्तान्तरण गरेको छ। क्याम्पमा एक्साईड ब्याट्री, मिसेलिन, सिप्रदी अटोपार्टस्, म्याक ल्यूब्रिकेन्टस्, शिखर इन्सुरेन्स,  एपोलो टायर लगायतका ब्राण्डहरुले सहभागिता जनाएका छन्।

कार्यक्रममा टाटा योद्धा एक वर्षभित्र एक हजारभन्दा माथि बिक्री गरिएको जानकारी दिइएको थियो। बालबालिकाको सुरक्षित विद्यालय यात्रालाई ध्यानमा राखि एक सन्देश मुलक भिडियो पनि रिलिज गरिएको थियो। देशका विभिन्न कुनामा भएका मेकानिकलाई निःशुल्क गाडि मर्मत तालिम दिई अझ सक्षम बनाउनका लागि स्किल अप कार्यक्रमको घोषणा पनि गरिएको थियो। 

विश्वभर एकैसाथ हुने टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्पको यो नेपालमा तेस्रोे संस्करण हो।