आइएमइ पेको बैंकिङ साझेदारमा सिभिल बैंक, बैंकका ग्राहकले पाउने छन् यस्तो सेवा




काठमाडौं। आइएमइ समूहद्वारा प्रबर्द्धित आइएमइ डिजिटल र सिभिल बैंबीच आइएमइ पे मोबाइल मनिमार्फत वित्तीय सेवा उपलब्ध गराउनका लागि समझदारी भएको छ।

सम्झौतापत्रमा आइएमइ डिजिटलका प्रमुख सञ्चालन अधिकृत डेनियल डी श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङले हस्ताक्षर गरेका छन्। 


सम्झौता अनुसार बैंक अब आइएमइ डिजिटलको बैंकिङ साझेदार हुने छ। बैंकका सेवाग्राहीले चाँडै नै आइएमइ पे वालेटमा आफ्नो बैंक खाता लिङ्क गर्न पाउने छन्। बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्न पाउने छन्।

बैंकका ग्राहकले आइएमइ पेमा उपलब्ध रिचार्ज, मनि ट्रान्सफरलगायतका सुविधा प्रयोग गर्न पाउने छन्।

Share this Story

   

आइएमइ पेको बैंकिङ साझेदारमा सिभिल बैंक, बैंकका ग्राहकले पाउने छन् यस्तो सेवा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.