नेपाल बैंकमा खाता खोल्नेलाई आइएमइ इन्योरेन्सबाट १० लाखको दुर्घटना र २५ हजारको उपचार बीमा

बिजमाण्डू
२०७५ मंसिर १८ गते १६:०२ | Dec 4, 2018
नेपाल बैंकमा खाता खोल्नेलाई आइएमइ इन्योरेन्सबाट १० लाखको दुर्घटना र २५ हजारको उपचार बीमा


काठमाडौं। आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल बैंक लिमिटेडबीच दुर्घटना तथा औषधोपचार बीमा सेवा सम्झौता भएको छ।

Tata
GBIME
Nepal Life

सम्झौतापत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र बैंकका  प्रमुख कर्याकारी अधिकृत देवेन्द्र प्रताप शाहले हस्ताक्षर गरेका छन्।

सम्झौतापछि बैंकमा खाता भएका ग्राहकले निशुल्क १० लाख रुपैयाँ बराबरको  दुर्घटना बीमा र २५ हजार रुपैयाँ बराबरको औषधोपचार बीमा आइएमई जनरल इन्स्योरेन्सबाट पाउने छन्। 

कार्यक्रममा बैंकका प्रमुख कर्याकारी शाहले नागरिक बचत खाता खोलेका र खोलिने खातावालहरुले बीमा सुविधा पाउने बताए।