सेञ्चुरी कमर्सियल बैंकको इनेबल संस्थालाई सहयोग, हात गुमाएकालाई सहयोग गर्न २ लाख

बिजमाण्डू
२०७५ मंसिर १८ गते १६:१२ | Dec 4, 2018
सेञ्चुरी कमर्सियल बैंकको इनेबल संस्थालाई सहयोग, हात गुमाएकालाई सहयोग गर्न २ लाख

काठमाडौं। सेञ्चुरी कमर्सियल बैंकले अन्तर्राष्ट्रिय अपाङ दिवसको अवशरमा इनेबल नेपाल नामक संस्थालाई सहयोग गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थालाई प्राकृतिक, भवितब्य वा विविध कारणले हात गुमाएका बालबालिकाहरुलाई चलायमान कृतिम हात निर्माण र जडान गर्न सहयोग गरेको हो। बैंकले २ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो।

ईनेबल नेपाल बिगतदेखि सामाजिक कार्यमा सक्रिय रहेको संस्था हो। यस ब्यवस्थाबाट हात गुमाएका बालबालिकाहरु पुन आफ्नो अध्यनलाई निरन्तरता दिनुका साथै दैनिक जीवनका बिबिध कार्य गर्न मद्दत मिल्ने बैंकले विज्ञप्तिमा उल्लेख गरेको छ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले ईनेबलका महासचिव सुरेन्द्र श्रेष्ठले सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए।