माछापुच्छ्रे बैंक र सानिमा जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सेवा दिन सम्झौता

बिजमाण्डू
२०७५ मंसिर १८ गते १७:०५ | Dec 4, 2018
माछापुच्छ्रे बैंक र सानिमा जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सेवा दिन सम्झौता

काठमाडौं। माछापुच्छ्रे बैंक र सानिमा जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ। 

Tata
GBIME
Nepal Life

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र सानिमाका नायब महाप्रबन्धक सुबोधलाल श्रेष्ठले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले केन्द्रीय कार्यालय लगायत मुलुकभर रहेका शाखा कार्यालयहरूबाट सानिमाको बीमा सेवाहरु प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

बैंकका ८६ वटा शाखा, २ वटा एक्स्टेन्सन काउन्टरलगायत ३८ शाखा रहित बैकिङ सेवा इकाइ छन्। बैंकका १०५ वटा एटिएम छन्।