गण्डकी विकास बैंक र सूर्या लाइफबीच बैंकास्योरेन्स सम्झौता, यस्तो पाउने छन् ग्राहकले सेवा

बिजमाण्डू
२०७५ मंसिर १८ गते १७:५७ | Dec 4, 2018

काठमाडौं। गण्डकी विकास बैंक र सूर्या लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ।

Tata
GBIME
Nepal Life

सम्झौता अनुसार बैंकका सम्पूर्ण ग्राहकहरुले मुलुकभर फैलिएको ७७ वटै शाखाबाट बीमालेख लिन, बीमाशुल्क भुक्तानी गर्न तथा बीमा दाबी भुक्तानी सेवा पाउने छन्। 

सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका छन्।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत छबिन्द्रनाथ शर्मा र इन्स्योरेन्सका नायब प्रबन्बध सुमना न्यौपाने खनाल उपस्थित थिए।