यामाहाको सुपर स्पोर्टस् बाइक नेपाली बजारमा, सुरुवाति मूल्य चार लाख १९ हजार ९०० रुपैयाँ

बिजमाण्डू
२०७५ मंसिर १९ गते ०८:४७ | Dec 5, 2018
यामाहाको सुपर स्पोर्टस् बाइक नेपाली बजारमा, सुरुवाति मूल्य चार लाख १९ हजार ९०० रुपैयाँ


काठमाडौं। नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले सुपर स्पोर्टस्बाइक आर१५ (भर्सन ३.०) सार्वजनिक गरेको छ। नयाँ सुपर स्पोर्टस् मोडेलमा १५५ सिसी, लिक्विड–कुल्ड, ४–स्ट्रोक, ४–भल्भ र फ्युल इन्जेक्टेड इन्जिन रहेको छ।

Tata
GBIME
Nepal Life

यसमा अधिकतम कम्प्रेसन रेसियो भएको १५५ सिसीको इन्जिन जडान गरिएको छ, यसले १० हजार आरपीएममा १९.३ पिएसको पावर र ८५ सय आरपिएममा १५ एनएम टर्क उत्पन्न गर्ने विज्ञप्तिमा उल्लेख छ। यसको सुरुवाति मूल्य चार लाख १९ हजार नौ सय कायम गरिएको छ।

१३९ केजी वजन र १७० एमएम उच्च वजन भएको आर१५ भी३ मा फुल डिजिटल ड्यासबोर्ड, एलइडी हेडलाइट र टेललाइट छन्। ‘एग्रेसिभ राइडिङ पोजिसन‘ र चौडा टायर छ। 

‘आर१५ भी३ ले पर्फमेन्स, डिजाइन र इनोभेसन जस्ता यामाहाका मुल सिद्धान्तलाई अवलम्बन गर्दै विश्वस्तरीय नयाँ उत्पादन ल्याउने हाम्रो प्रतिबद्धतालाई प्रतिनिधित्व गर्छ,’ एमएडब्लु इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी शाहले भने।