जापान र चीनमा उडान भर्न एनएसीले नियुक्त गर्यो कन्ट्री म्यानेजर, एक साताभित्रै काम थाल्ने

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७५ मंसिर २३ गते १४:५२ | Dec 9, 2018
जापान र चीनमा उडान भर्न एनएसीले नियुक्त गर्यो कन्ट्री म्यानेजर, एक साताभित्रै काम थाल्ने


काठमाडौं। नेपाल वायुसेवा निगमले चीन र जापानका लागि दुई जना कन्ट्री म्यानेजर चयन गरेको छ। चीन र जापानमा सेड्युल उडानका लागि आवश्यक पूर्वाधार तयार गर्न निगमले कन्ट्री म्यानेजर नियुक्त गरेको हो।

Tata
GBIME
Nepal Life

निगमको संचालक समितिले चीनका लागि शैलेश कंसाकार र जापानका लागि सन्तोष पाण्डेलार्इ नियुक्त गरेको हो। कंसाकार निगमका सहायक प्रवक्ता हुन भने पाण्डे कायममुकायम उपनिर्देशक हुन्। उनी एक साताभित्रै आफ्नो स्टेशन पुगेर काम थाल्नेछन्। निगमले नयाँ वाइड बडी मार्फत जापानको ओशाका र चीनको ग्वान्जाउ उडान गर्दैछ। निगमका अनुसार फेब्रुअरीमा जापान र मार्चमा चीन उडान गर्ने निगमको योजना छ।

स्रोतका अनुसार ग्वान्जाउ उडानका लागि निगमले बेइजिङ लङवे इन्टरनेशनल ट्राभल सर्भिसलार्इ जिएसए नियुक्त गरिसकेको छ। जापानको ओशाकाको उडानका लागि जिएसए छनोट प्रकृया एक सातामै टुंगिने स्रोतले बतायो।चीन र जापानबाट उडान अनुमतिपत्र आइसकेपछि उडान तालिका र भाडादर निर्धारण गर्ने निगमले बताएको छ। स्रोतका अनुसार ग्वान्जाउ एयरवस-३३० र ३२० दुबैले उडान गर्नेछ भने जापान एयरवस-३३०ले उडान गर्नेछ।