अर्थमन्त्रीले कार्यदल गठन गरेपछि शेयर बजारमा २३ अंकको सुधार, कारोबार रकम पनि बढ्यो

बिजमाण्डू
२०७५ मंसिर २४ गते १५:२५ | Dec 10, 2018
अर्थमन्त्रीले कार्यदल गठन गरेपछि शेयर बजारमा २३ अंकको सुधार, कारोबार रकम पनि बढ्यो

काठमाडौँ। अर्थमन्त्री डा. युवराज खतिवडाले मुद्रा र पूँजी बजारको समस्या समाधान गर्न कार्यदल गठन गरेपछि शेयर बजारमा सुधार देखिन थालेको छ। आइतबारजस्तो सोमबार पनि बजारमा दोहोरो अंकको बृद्धि देखिएको छ।

Tata
GBIME
Nepal Life

नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक १२.४९ अंकले बढेर ११४४.१९ अंकमा उक्लिएको छ। सरकारले मुद्रा र पुँजी बजारमा देखिएका समस्याबारे अध्ययन गर्न समिति बनाएका कारण बजार बढ्न टेवा पुगेको इन्भेष्टर फोरमका महासचिब राजन लम्सालले जानकारी दिए। उनका अनुसार कार्यदल गठनपछि लगानीकर्ताको मनोबल बृद्धि हुँदा शेयर सूचक बढेको हो।

दिनभरीमा १६३ कम्पनीका १२ लाख ६४ हजार कित्ता शेयर ४३ करोड ६७ लाख रुपैयाँमा कारोबार भएको छ। सबैभन्दाबढी नेपाल इन्भेष्टमेन्ट बैकको पाँच करोड ४८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। बैंकले ४० प्रतिशत लाभांस प्रस्ताब गरेका कारण बैकको शेयर खरिद बिक्री बढी भएको हो। 

उपपूचक मिस्रित देखिएको छ। १० समूहको कारोबारमा उत्पादनमूलक र अन्यका उपसूचक घटेका छन् भने बाँकि सबै समूह बढेका छन्। सबैभन्दा बढि जीबन बिमा समूह १.९७ प्रतिशतले बढेको छ। अन्य ०.३९ प्रतिशतले घट्यो।

रैराङ् हाइड्रोपावरका शेयरधनीले करीब आठ प्रतिशत कमाएका छन्। महिला सहयात्रा माइक्रोफाइनान्सका शेयरधनीले करिब सात प्रतिशत गुमाए।