राजश्व अनुसन्धानको पौने ६ अर्ब बिगोसहित ४२ फर्मबिरुद्ध मुद्दा, यी फर्म परे टार्गेटमा

बिजमाण्डू
२०७५ मंसिर २४ गते १६:३५ | Dec 10, 2018

काठमाडौं। राजस्व अनुसन्धान विभागले ४२ वटा फर्म र संस्थाका ७७ व्यक्ति विरूद्ध राजस्व चुहावटको अभियोगमा मुद्दा दायर गरेको छ। 

Tata
GBIME
Nepal Life

विभागले बिगो र सजाय गरि ५ अर्ब ७७ करोड माग दावी गरेको छ। यीमध्ये ८ जना राजस्व प्रशासनका कर्मचारी छन्। 

विभागले साउन १५ गते रसुवाबाट जाँचपास भएका गाडी समाउन १७ गते समातेको थियो। एउटै सवारी साधनको सामानबाट ७ करोड ५९ लाख बिगो र जरिवाना दावी गरिएको छ। भन्सार अधिकृत पवित्रकुमार खड्कासहित २ जना पनि समातिएका थिए।

गत आर्थिक बर्षको पहिलो चार महिनामा रसुवाबाट ८५ करोड ८० लाख राजस्व संकलन भएकोमा यसपाली ३ अर्ब ७४ करोड रुपैयाँ असुली भएको छ। 

गत बर्ष कुल ७ हजार ८२८ कन्टेनर आएकोमा यो बर्ष ५ हजार ४४३ वटा मात्र भित्रिएका छन्। सवारी साधन घटे पनि राजस्व संकलन भने बढेको हो।
 

 

DV.load(“https://www.documentcloud.org/documents/5497876-For-Mail-Copy-1.js”, {
width: 810,
height: 500,
sidebar: false,
text: false,
pdf: false,
container: “#DV-viewer-5497876-For-Mail-Copy-1”
});