काठमाडौं। ग्लोबल आइएमई बैंकले एक अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले साढे १० प्रतिशतको दरमा 'ग्लोबल आइएमई डिवेन्चर २०८०' को सार्वजनिक निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ।
बैंकले सर्वसाधारणको लागि प्रतिशत कित्ता एक हजार रुपैयाँको दरमा तीन लाख कित्ता निष्काशन गर्ने भएको हो। बैंकले ऋणपत्र निष्काशन तथा बिक्री प्रवन्धकको लागि एनआइविएल एस क्यापिटललारई नियुक्त गरेको छ। यो ऋणपत्र ५ वर्षको अवधीको छ। बैंकले यस अगाडी १० प्रतिशतको व्याजदरमा ४० करोड रुपैयाँको 'ग्लोबल आइएमई बण्ड २०७६' निष्काशन गरेको थियो।