जनता बैंकले साढे ८ प्रतिशत नगद लाभांस घोषणा गर्यो, पूँजी जुटेपछि बैंकको ध्यान नगद बितरणमा

बिजमाण्डू
२०७५ मंसिर २५ गते ११:०८ | Dec 11, 2018
जनता बैंकले साढे ८ प्रतिशत नगद लाभांस घोषणा गर्यो, पूँजी जुटेपछि बैंकको ध्यान नगद बितरणमा

काठमाडौं। जनता बैंकले गत आर्थिक बर्षको नाफाबाट ८.५० प्रतिशत नगद लाभांस घोषणा गरेको छ। बैंकको २६७औं सञ्चालक समितिको बैठकले गत आर्थिक बर्षको नाफाबाट लाभांस दिने भएको हो।

Tata
GBIME
Nepal Life

बैंकको चुक्ता पूँजी ८ अर्ब रुपैयाँ छ। नाफाबाट लगानीकर्ताले ६८ करोड रुपैयाँ नगद पाउने छन्। बैंकले गत आर्थिक बर्षमा ९३ करोड ४७ लाख रुपैयाँ नाफा गरेको थियो। प्रति शेयर आम्दानी ११ रुपैयाँ थियो। 

बैंकले अघिल्ला दुर्इ आर्थिक बर्षमा पूँजी जुटाउन बोनस शेयर प्रदान गरेको भए पनि यस वर्ष पूँजी जुटेसँगै नगदमै जोड दिएको हो। 

बैंकले विगत ५ आर्थिक वर्षमा दिएको लाभांस 

आर्थिक वर्ष

बोनस शेयर

नगद लाभांस

जम्मा लभांस

2074/2075

0

8.5

8.50

2073/2074

14.4

0

14.40

2072/2073

12

0.63

12.63

2069/2070

3

5.5211

8.52

2068/2069

0

3.68

3.68