काठमाडौं र पोखरापछि नयाँ गन्तब्यमा पुग्दै ओयो, नेपालका टप डेस्टिनेशनमा आँखा

बिजमाण्डू
२०७५ मंसिर २६ गते १०:१५ | Dec 12, 2018
काठमाडौं र पोखरापछि नयाँ गन्तब्यमा पुग्दै ओयो, नेपालका टप डेस्टिनेशनमा आँखा


काठमाडौं । काठमाडौं र पोखरामा व्यवसायिक संजालमार्फत होटल संचालन गर्दै आएको ओयो रुम्सले पर्यटकीय गन्तब्यका होटलमा सेवा बिस्तार गर्ने भएको छ ।

Tata
GBIME
Nepal Life

ओयो रुम्सले पर्यटकीय नेपालको अरु टुरिजम डेस्टिनेशनमा सेवा विस्तार गर्ने भएको हो। ओयो रुम्स व्यवस्थापनका अनुसार नगरकोट र धुलिखेल लगायतका क्षेत्रका होटलसँग छलफलमा जुटेको स्रोतले बतायो।

‘कर्पोरेट ग्राहकलाई लक्षित गर्दै  विराटनगर, वीरगंज र नेपालगंजमा समेत स्थानीय होटलसँग साझेदारी गर्ने तयारी भइरहेको छ,’ स्रोतले भन्यो।

ज्ञानेश्वरको होटल प्रिन्स प्लाजालाई रिब्राण्डिङ गर्दै २३ मे २०१७ देखि ओयो रुम्स नेपाल प्रवेश गरेको थियो। अहिले ओयो रुम्स नेपालको संजालमा आबद्ध एक सय १० वटा होटलको कूल एक हजार नौ सय कोठा छ। भारतमा मुख्यालय रहेको ओयो रुम्सले नेपालमा सन् २०१९ सम्ममा यो संख्यालाई झण्डै चार गुणा वृद्धि गरेर पाँच सय वटा होटल आफ्नो सञ्जालमा जोड्ने घोषणा गरेको छ।

‘पर्यटन वर्ष २०२० लाई लिएर उत्साहित छौं,’ कन्ट्री हेड निशिद्ध हलानीले भने,’ओयो होटलले यहाँको पर्यटन प्रवर्द्धनमा योगदान दिनेछ।‘ नेपालमा होटल व्यवसायमा ओयो रूम्सले गरेको लगानी भने खुलाउन चाहेनन्।

हलानीले ओयो रूम्सले रणनीतिकरूपमा गरेको लगानीलार्इ भविष्यमा पनि निरन्तरता दिने प्रतिकृया दिएपनि लगानी रकमबारे खुलाएनन्। स्थानीय होटल व्यवसायीसँग नाफा बाँडफाँड गर्ने शर्तमा ‘फ्रेन्चाइज’ दिने र लामो समयको लागी होटल बहालमा लिएर आफैंले संचालन गर्ने दुबै खाले रणनीतिबाट ओयो रुम्सले नेपालमा सेवा दिँदै आएको छ।