चितवनमा राइटपाथ करियर काउन्सेलिङको शाखा, विद्यार्थीको योग्यताका आधारमा काउन्सेलिङ

बिजमाण्डू
२०७५ मंसिर २६ गते १०:४२ | Dec 12, 2018
चितवनमा राइटपाथ करियर काउन्सेलिङको शाखा, विद्यार्थीको योग्यताका आधारमा काउन्सेलिङ


मंसिर । चितवनको भरतपुरमा राइटपाथ करियर काउन्सेलिङको शाखा संचालनमा आएको छ। एक साता अघि राइटपाथको शाखा संचालनमा आएको हो।

Tata
GBIME
Nepal Life

नेपाल शैक्षिक परामर्श संघ(इक्यान)का अध्यक्ष विष्णुहरि पाण्डेले शाखाको उद्घाटन गरे। उनले सरकारबाट अनुमति नलिर्इ संचालनमा रहेका कन्सल्टेन्सी चाँडै बन्द गर्न सरकारलार्इ आग्रह गर्ने बताए।उनले अनाधिकृत रुपमा सञ्चालन भएका कन्सल्टेन्सीले विद्यार्थीको करियर माथी खेलवाड गरेको भन्दै तत्काल त्यस्ता कन्सल्टेन्सीलाई बन्द गरिनुपर्ने बताए ।

‘इक्यानले विगत लामोदेखि नेपाल सरकारको नियामक निकायबाट अनुमति लिएर गलत तवरले सञ्चालन गरेको कन्सल्टेन्सी ब्यवसायीलाई कानुनी दायरामा ल्याउन पहल गरिरहेको छ अबको एक डेढ महिनामा धेरै कन्सल्टेन्सी बन्द हुन्छन् ।’ उनले भने ।

अहिले शिक्षा मन्त्रालयमा १४ सय ७३ ओटा कन्सल्टेन्सी दर्ता भएका करिब ७ सय ३० ओटा अनुमतिको रहेका छन्।कार्यक्रममा इक्यान चितवनका अध्यक्ष भानु खरेलले कन्सल्टेन्सीले विद्यार्थीको करियर निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकोले सहि सत्यतथ्य सुचना प्रवाह गर्नुपर्ने बताए ।कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ, हिसान चितवनका अध्यक्ष भुपेन्द्र धिताल लगायतले राइटपाथ करियर काउन्सेलिङको सफलताको शुभकामना मन्तब्य दिएका थिए ।

कार्यक्रममा राइटपाथका संस्थापक कार्यकारी निर्देशक फिलिप डिसीले राइटपाथले विद्यार्थीको रुचि, क्षमता र योग्यताका आधारमा मात्र करियर काउन्सेलिङ गर्ने गरेको बताए ।