अर्थमन्त्रीको भनाइ र गराइमा फरक, सरकारको ढुकुटीमा १६४ अर्ब, विकास खर्च जम्मा साढे ३० अर्ब

बिजमाण्डू
२०७५ मंसिर २६ गते १०:४४ | Dec 12, 2018
अर्थमन्त्रीको भनाइ र गराइमा फरक, सरकारको ढुकुटीमा १६४ अर्ब, विकास खर्च जम्मा साढे ३० अर्ब

काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाको भनाइ र गराइ बिरोधावासपूर्ण देखिएको छ। सार्बजनिक कार्यक्रमहरुमा खतिवडा आफू राजश्व उठाएर नाक फुलाउनेभन्दा पनि खर्च गरेर खुसी हुने अर्थमन्त्री भएको बताउँछन्। तर नतिजा भने ठिक उल्टो देखिएको छ। 

Tata
GBIME
Nepal Life

सरकारले खर्च नगर्दा ढुकुटीमा १६४ अर्ब रुपैयाँ थुप्रिएर बसेको छ। अहिले सरकारले आन्तरिक ऋण उठाएको छैन। सरकारका विकासे निकायहरुले खर्च नगर्दा राजश्व जम्मा भएको रकम कोषमा थुप्रिएको हो।

सोमबारसम्मको तथ्यांक अनुसार सरकारले बाणिज्य बैकहरुलाई निक्षेपका रुपमा परिचालन गर्न स्थानीय निकायको ४५ अर्ब रुपैयाँ दिइसकेको छ। सरकारले चालु आर्थिक बर्ष लागेयता २८७ अर्ब ७० करोड राजश्व संकलन गरेको छ। गैर कर राजश्व पनि २४ करोड २९ लाख रुपैयाँ उठाएको छ।

'खर्च नभएपछि रकम थुप्रिएको छ। बैंकिङ प्रणालीमा भने लगानी योग्य पूँजी उपलब्ध हुन छाडेको छ' राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, 'सरकारले खर्च नगर्ने हो भने तरलता अभाव चर्किने छ।'

सरकारले यस अवधिमा जम्मा ३० अर्ब ४१ करोड रुपैयाँ मात्र विकास खर्च गर्न सकेको छ। सरकारले विकास खर्च नगर्दा बैंकिङ तरलता अभाव चर्किएको छ। बैकहरुले तरलता अभावसँग जुध्न निक्षेपको ब्याज दर निरन्तर बढाउन थालेका छन्।