सोल्टी होटलको साधारणसभा पुस २६ गते, २६.३१% लाभांस पारित गर्ने, पूँजी बढाउन १०% बोनस शेयर

बिजमाण्डू
२०७५ मंसिर २६ गते ११:३० | Dec 12, 2018
सोल्टी होटलको साधारणसभा पुस २६ गते, २६.३१% लाभांस पारित गर्ने, पूँजी बढाउन १०% बोनस शेयर



काठमाडौं। सोल्टी होटलले गत आर्थिक वर्षको नाफाबाट २६.३१ प्रतिशत लाभांस घोषणा गरेको छ। सञ्चालक समितिले गतवर्षको नाफाबाट १६.३१ प्रतिशत नगद लाभांस प्रस्ताव गर्नुका साथै चुक्ता पूँजी वृद्धि गर्ने १० कित्ता शेयर बराबर एक कित्ताको अनुपातमा बोनस शेयर प्रदान गर्ने विशेष प्रस्ताव गरेको हो।

Tata
GBIME
Nepal Life

साधारणसभामा गत आर्थिक वर्ष २०७४/७५ को लेखापरीक्षण प्रस्तुत गर्नुका साथै आवश्यक छलफल गर्ने होटलले जनाएको छ। सञ्चालक समितिले पुस २६ गते ४४ औं बार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ। साधारणसभा प्रयोजनका लागि आजदेखि पुस २६ गतेसम्म बुक क्लोज हुने छ। मंगलबारसम्म कायम भएका शेयरधनीहरु मात्रै होटलले घोषणा गरेको लाभांस पाउन योग्य हुनेछन्।  

विगत पाच वर्षमा वितरण भएको लाभांस

आर्थिक वर्ष

बोनस शेयर

नगद लाभांस

जम्मा लाभांस

2074/2075

10

16.31

26.31

2073/2074

15

6.05

21.05

2072/2073

10

11.05

21.05

2071/2072

25

6.57

31.57

2070/2071

40

17.89

57.89