सिटिजन्स बैंकले प्रस्ताब गर्यो सवा ५ प्रतिशत लाभांस, पोहोरको भन्दा लाभांस दर घट्यो

बिजमाण्डू
२०७५ मंसिर २६ गते १४:३८ | Dec 12, 2018

काठमाडौं। सिटिजन्स बैंकले लाभांश प्रस्ताव गरेको छ। बैंकको मङ्गलवार बसेको सञ्चालक समिति बैठकले शेयरधनीलाई ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। 

Tata
GBIME
Nepal Life

जसमा ३.६२ प्रतिशत बोनश शेयर र बोनस शेयरको कर प्रयोजनको लागि १.६३ प्रतिशत नगद लाभांश दिने भएको छ। बैकले प्रस्ताब गरेको लाभांश आठ वर्ष यताकै न्यून हो। बैंकले आर्थिक बर्ष २०६८/६९ मा ८.४२ प्रतिशत लाभांश दिएको थियो। गत बर्ष बैंकले १७ प्रतिशत लाभांश दिएको थियो। 

गत बर्ष बैंकले एफपिओ निष्कासन गरेको भएपनि प्राप्त रकम जगेडा कोषमा राखेको छ। आर्थिक पक्ष बलियो बनाउन बैंकले जगेडा कोष तीन अर्ब ३२ करोड रुपैयाँ पुर्याखएको छ। 

कोष गत बर्ष यही अबधिमा एक अर्ब ६८ करोड रुपैयाँ मात्र थियो। बैंकले गत आर्थिक बर्षमा एक अर्ब चालिस करोड रुपैयाँ नाफा गरेको थियो भने चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ३३ करोड रुपैयाँ नाफा गरेको छ। हाल बैकको चुक्ता पूँजी आठ अर्ब सात करोड रुपैयाँ छ।