काठमाडौं। सडकदेखि संसदीय समितिसम्म शेयर बजारको मुद्दा उठ्न थालेपछि शेयर बजार सम्हालिएको छ। पछिल्लो समय तीव्र गतिमा घटेको बजार यो साता सम्हालिन थालेको छ।
शेयर बजारको सुधारकालागि अध्ययन समिति बनेसँगै बजारमा सुधार देखिन थालेको हो ।बुधवार शेयर मापक सूचक ०.०८ अंकले बढेर ११४१.१८ अंकमा उक्लिएको छ।नेपाल स्टक एक्सचेन्ज अगाडि लगानीकर्ताले धर्नालार्इ निरन्तरता दिएका छन्।यता अध्ययन समितिमा सुधारका विषयमा लगातार छलफल चलिरहेको छ।
अर्थमन्त्री डा. युवराज खतिवडाको अग्रसरतामा बनेको अध्ययन समिति बनेसँगै साताको पहिलोदिन आइतबार र सोमबार शेयर बजार दोहोरो अङ्कले बढेको थियो। मङ्गलवार झिनो अङ्कले घटेको बजार बुधवार पून बढेको हो। बुधवार बजारमा १५६ कम्पनीको २६ करोड ८८ लाख रुपैयाँको शेयर किनबेच भयो। जसमा सबैभन्दा बढी आइएमर्इ जनरल इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर चार करोड ८७ लाख रुपैयाँमा कारोबार भयो।
उपसूचक मिश्रित देखिएका छन्। १० समूहको कारोबारमा सबै भन्दा बढी फाइनान्स समूहको उपपूचक ०.६१ प्रतिशतले बढ्यो। होटेल समूह २.१२ प्रतिशतले घट्यो।