सोलुखुम्बुको नेचासल्यानको नेचाविहिबारेमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

बिजमाण्डू
२०७५ मंसिर २६ गते १७:१२ | Dec 12, 2018

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले शाखा विस्तार गरेको छ। 

Tata
GBIME
Nepal Life

बैंकले सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नं ३ नेचाविहिबारेमा शाखा विस्तार गरेको जानकारी दिएको छ। 

नयाँ शाखा खोलेसँगै बैंकको कूल शाखा संख्या २०९ वटा पुगेको छ। देशभरका ७७ मध्ये बैंकले ७४ जिल्लामा आफ्नो उपस्थिती पनि जनाएको छ। 

बैंकले १६५ वटा एटिएम र ९३ वटा शाखारहीत बैंकिङ कार्यालयबाट वित्तीय सेवा दिँदै आएको प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ। 

बैंकले हाल १ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ।