हामा स्टिलले नयाँ प्लान्ट थपेर उत्पादन दोब्बर पार्‍यो, अब दैनिक ५ सय टन डन्डी उत्पादन गर्ने

बिजमाण्डू
२०७५ मंसिर २९ गते १३:५८ | Dec 15, 2018
हामा स्टिलले नयाँ प्लान्ट थपेर उत्पादन दोब्बर पार्‍यो, अब दैनिक ५ सय टन डन्डी उत्पादन गर्ने


वीरगंज।वीरगंज–पथलैया औद्योगिक कोरिडोरमा हामा स्टिलले नयाँ प्लान्ट थपेर उत्पादन दोब्बर बनाएको छ। ३० करोड रुपैयाँ लगानी थपेर नयाँ प्लान्ट बनाएको हो। उद्योगका महाप्रवन्धक निर्जल श्रेष्ठले नयाँ प्लान्टबाट उत्पादन सुरु भइसकेको जानकारी दिए।

Tata
GBIME
Nepal Life

यसअघि हामामा ५५ करोड लगानी भइसकेको थियो। ठूला डन्डी उद्योग स्थापना हुन थालेपछि उद्योगको क्षमता विस्तार गरिएको हो। अहिले श्री, प्रिमियर डन्डी बजारमा आइसकेको छ भने अरु उद्योग समेत आउने क्रममा छन्। संचालनमा रहेका पूराना उद्योगले नयाँ आउने ठूला उद्योगसँग प्रतिस्पर्धा गर्न क्षमता विस्तार थालेका हुन्।

‘तीन साता अघि नयाँ प्लान्ट जडान गरी उत्पादन थालिएको छ ।पहिले घण्टाको १५ टन डन्डी उत्पादन हुन्थ्यो भने अहिले २५ टन उत्पादन हुन थालेको छ ,’उनले बिजमाण्डूसँग भने भने,‘ उद्योगको क्षमता झण्डै दोब्बर भएको छ।’उद्योगले दैनिक २० घण्टा उद्योग चलाएर महिनामा १५ हजार टन र वर्षमा एक लाख ८० हजार टन छड उत्पादन हुने लक्ष्य लिइएको छ । 

उद्योगका मेकानिकल ईन्जिनियर मासुक आलमका अनुसार पहिले १६ इन्च रफिङ गर्ने रहेको उद्योगको क्षमतालाई यो प्लान्टसंगै १८ इन्च बढाइएको उनले बताए ।त्यसैगरी पहिले १२५÷१२५ एमएमको विलेटलाई पगालेर डन्डी बनाइन्थ्यो भने अब १५०÷१५० एमएमको विलेटलाई पलागेर उत्पादन गर्न सकिन्छ ।

हाल परीक्षण अवस्थामा रहेकोले दैनिक १० घण्टा सञ्चालन भइरहेको तर एक महिनापछि दैनिक २० घण्टा सम्म उद्योग सञ्चालन गर्न सक्ने आलमले बताए । २७ वर्ष अघि स्थापना भएको यस उद्योगका अध्यक्ष बालकृष्ण श्रेष्ठ हुन्। बालकृष्णका छोरा राजनले पनि यो उद्योग हेर्दै आएका छन्। टिएमटी डन्डी र वायर  उत्पादन गर्ने यो उद्योगमा १५० जना भन्दा कर्मचारी कार्यरत छन्। हामा स्टीलले नेपाली बजारमा १२ प्रतिशतको बजार क्षेत्र ओगेटेको छ।

सिमरामा हिमाल,नारायणी,साख:,अशोका,जगदम्बा,गोदावरी,जगदम्बा,विराटनगरमा आरती, गंगा रोलिग, जनशक्ति, काठमाडौं स्टिललगायतका दुई दर्जन उद्योग सञ्चालनमा छन् ।