भारतमा मोबाइल एपको प्रयोग बढ्दै, सबैभन्दा बढी सामाजिक संजालको एप, वालेटमा पनि आकर्षण

रासस
२०७५ पुष १ गते ११:११ | Dec 16, 2018
भारतमा  मोबाइल एपको प्रयोग बढ्दै,  सबैभन्दा बढी सामाजिक संजालको एप, वालेटमा पनि आकर्षण



नयाँ दिल्ली। भारतीय नागरिकहरूमध्ये सबैभन्दा बढी मोबाइल एप प्रयोग गर्नेले २०७ वटासम्म एपको आफ्ना स्मार्ट फोनमा प्रयोग गर्ने गरेको पाइएको एक सर्वेक्षणले देखाएको छ ।

Tata
GBIME
Nepal Life

एआरसी डिजिट प्राबिधिक कम्पनीले गरेको पछिल्लो अध्ययन प्रतिवेदनमा भारतीय नागरिकले आफ्ना मोबाइलमा उनीहरूले प्रयोग गर्नेभन्दा धेरै एप प्रयोग गर्ने गरेको पाइएको देखिइएको छ ।
 
सर्वेक्षणमा औषत ५१ एपको प्रयोग भारतीयहरूले प्रयोग गर्ने गरेका छन् । अधिकांश भारतीयले आफ्ना मोबाइलमा भएका एप्समध्ये २४ एपको प्रयोग गर्ने गरेका छन् । धेरै भारतीयहरूले एप्सलाई प्रयोग गर्ने नभएपनि मोबाइलमा ती सफ्टवेयरलाई प्रयोग गर्ने गरेका र जसका कारण उनीहरूका फोन सेट नै खतरामा पर्ने देखिएको प्रतिवेदनमा देखिएको छ ।
 
हरेक ३८ प्रतिशत स्मार्ट फोन प्रयोगकर्ताले दैनिक ६–१० एपको उपयोग गर्छन् । यसमध्ये सबैभन्दा बढी व्यक्ति अर्थात् ७६ प्रतिशत मोबाइल प्रयोगकर्ताले फेसबुक, यु–टुवजस्ता सामाजिक सञ्जालका लागि एप्सको प्रयोग गर्ने देखिएको छ । यस्तै ७० प्रतिशत एप मोबाइलमा खेल खेल्न चलाइने गरेको अध्ययनले देखाएको छ ।

झण्डै ४७ प्रतिशत स्मार्ट फोन प्रयोग गर्ने व्यक्तिले बैंकिङ, वित्तीय तथा ‘वालेट’ एपलाई प्रयोग गर्ने गरेका र यिनीहरूको प्रयोग आफ्नो आर्थिक कारोबार गर्न वा कारोबारबारे जानकारी लिन प्रयोग हुने गर्छन् ।
    
यसबाहेक केही एपलाई भिडियो तथा तस्वीर ‘डाउनलोड’ गर्न र टेलिभिजन हेर्न एवम् रेडियो सुन्न प्रयोग गर्ने भेटिएको छ ।