वायुसेवा निगमले आन्तरिक उडानमा सुरु गर्यो  इ-टिकेटिङ, यात्रुलाई सहज हुने विश्वास

बिजमाण्डू
२०७५ पुष १ गते १८:०१ | Dec 16, 2018
वायुसेवा निगमले आन्तरिक उडानमा सुरु गर्यो  इ-टिकेटिङ, यात्रुलाई सहज हुने विश्वास


काठमाडौं। नेपाल वायुसेवा निगमको आन्तरिक उडानको टिकेट बुकिङ अनलाइनबाट हुने भएको छ। टिकेटिङलाई सहज बनाउने उद्देश्यले अनलाइन टिकेटिङ सुरु गरिएको निगमका प्रवक्ता अशोक सिग्देलले जानकारी दिए। 

Tata
GBIME
Nepal Life

सिगदेलका अनुसार निगमले इ-टिकेटीङका लागि आइएमई र इ-सेवासँग सहकार्य गरेको छ। 'अब यात्रुले घरै बसेर पनि नेपालका आन्तरिक गन्तब्यमा उडान गर्नका लागि टिकट काट्न सक्नेछन्,' उनले भने, 'विदेशबाटै नेपालका कुनै गन्तब्यमा जान चाहेमा इ-टिकेटिङ गर्न सक्नेछन्।' 
अन्तर्राष्ट्रिय उडानका लागि निगमले गत वर्षदेखि नै इ-टिकेटिङ सुरु गरिसकेको छ।

निगमसँग भएको हाल चिनियाँ जहाज मध्ये दुईवटा वाइ १७ सिटे र ५८ सिटे एमए ६० र दुईवटा १९ सिटे ट्विनअटरले फाप्लु, ताप्लेजुङ, रुकुम, भोजपुर, सिमिकोटलगायतका विकट गन्तब्यमा उडान गर्दै आएको छ।