शेयर बजारको आन्दोलन: धितोपत्र बोर्डले मुख खोल्यो, ‘अवाञ्छित गतिविधिप्रति ध्यानाकर्षण’

बिजमाण्डू
२०७५ पुष ३ गते १३:३९ | Dec 18, 2018
शेयर बजारको आन्दोलन: धितोपत्र बोर्डले मुख खोल्यो, ‘अवाञ्छित गतिविधिप्रति ध्यानाकर्षण’

काठमाडौं। नेपाल धितोपत्र बोर्डले पुँजी बजारमा देखिएका अवाञ्छित गतिविधिप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। मंगलबार प्रेस विज्ञप्ती प्रकाशन गर्दै बोर्डले 'दोस्रो बजार कारोबार रोक्ने सम्बन्धि भएका अवाञ्छित स्थिति सम्बन्धमा बोर्डको ध्यानाकर्षण भएको,' जनाएको छ। 

Tata
GBIME
Nepal Life

मुद्रा तथा पुँजी बजारमा देखिएका प्रवृतिहरुको समग्र मूल्यांकन गरी वित्तीय स्थायित्व एवं लगानीका लागि वित्तीय स्रो व्यवस्थापनमा देखिएका समस्या पहिचान एवं सुझाव पेश गर्न उच्चस्तरीय समिति गठन भएको र समितिले प्रतिवेदन बुझाउने क्रममा रहेको भन्दै बोर्डले संयमित हुन आग्रह गरेको हो। 

समितिले विभिन्न सरोकारवालासँग छलफल गरी दिइने सुझावहरुको कार्यान्वयनबाट बजारमा थप विकास एवं स्थायित्व अभिबृद्धि हुने तथा लगानीकर्ताका मागसमेत सम्बोधन हुने बोर्डले जनाएको छ।

आन्दोलनमा रहेका शेयर बजारका लगानीकर्ताले सोमबार शेयर कारोबारमा अवरोध पुर्या्उने प्रयास गरेपछि बोर्डले आफ्नो धारणा सार्वजनिक गरेको हो। शेयर बजार सुधारका लागि भन्दै लगानीकर्ताको एउटा समूह अहिले आन्दोलनमा छ। त्यही समूहका दुई जना आमरण अनसन बसिरहेका छन्।