२५ मेगावाटको लिवर्टीले प्रभावितलाई शेयर जारी गर्ने, त्यसपछि सर्वसाधारणलाई साढे २२ लाख कित्ता

बिजमाण्डू
२०७५ पुष ३ गते १६:५० | Dec 18, 2018
२५ मेगावाटको लिवर्टीले प्रभावितलाई शेयर जारी गर्ने, त्यसपछि सर्वसाधारणलाई साढे २२ लाख कित्ता

काठमाडौं। लिवर्टी इनर्जी कम्पनीले प्रभावित जिल्लाका बासिन्दालाई साधारण शेयर जारी गर्ने भएको छ। कम्पनीले लमजुङ जिल्लास्थित २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी “ए” जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

Tata
GBIME
Nepal Life

शेयर निष्कासनका लागि कम्पनीले बिक्री प्रबन्धकमा एनआईविएल एस क्यापिटललाई नियुक्त गरेको छ। नियुक्ति सम्झौतापत्रमा लिवर्टीका प्रबन्ध संचालक डा. आत्माराम घिमिरे र एनआईबिएल एस क्यापिटलका नायव महाप्रबन्धक कबिन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन्।  

कम्पनीको हालअधिकृत पूँजी १ अर्व ५० करोड छ। यो पूँजीको १० का दरले हुन आउने १५ करोड बराबरको १५ लाख कित्ता शेयर प्रभावितका लागि निष्कासन गर्न लागिएको हो।

कम्पनीले १५ प्रतिशत शेयर हुन आउने २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता आम सर्वसाधारणका लागि जारि गर्ने छ। शेयर जारीपछि पूँजी १ अर्व ५० करोड रुपैयाँ पुग्ने छ।