ब्यापार घाटा कम गर्ने उपाय खोज्न राजश्व सचिवको नेतृत्वमा बन्यो कार्यदल, सात दिनको समय

बिजमाण्डू
२०७५ पुष ३ गते १६:५९ | Dec 18, 2018
ब्यापार घाटा कम गर्ने उपाय खोज्न राजश्व सचिवको नेतृत्वमा बन्यो कार्यदल, सात दिनको समय

काठमाडौं। सरकारले ब्यापार घाटा कम गर्ने उपायको खोजि गर्न उच्चस्तरीय कार्यदल बनाएको छ। अर्थ र बाणिज्य मन्त्रालयको संयुक्त बैठकपछि सचिवको नेतृत्वमा कार्यदल बनाइएको हो।

Tata
GBIME
Nepal Life

अर्थका राजश्व सचिव लालशंकर घिमिरेको संयोजकत्वमा शिक्षा, स्वास्थ्य, श्रमलगायत सात वटा विभागका महानिर्देशकहरु सदस्य रहेको टोलीलाई सात दिनभित्र सुझाव दिन निर्देशन दिइएको छ।

कार्यदलको सुझाव अनुसार सरकारले ब्यापार घाटा कम गर्नका लागि आवश्यक नीति नियम तर्जुमा गरी कार्यान्वयन गर्ने छ। कार्यदलले सेवा आयातका बारेमा अध्ययन गर्ने छ। सेवा आयात पनि उच्च भएका कारण ब्यापार घाटा बढेको सरकारी बुझाइ छ।

राष्ट्र बैंकको तथ्यांक अनुसार, आयात ४३. ६ प्रतिशतले बढेर शोधनान्तर र चालु खाता घाटा उच्च दरले बृद्धि भएको छ। ब्यापार घाटा कम गर्नका लागि उच्चस्तरीय समिति गठन गरिएको हो।

अर्थमन्त्रालय अघिल्लो साता मुद्रा र पूँजी बजारको समस्या समाधानका लागि अध्ययन गर्न पनि कार्यदल बनाएको थियो। यो कार्यदलले अझैसम्म सुझाब बुझाएको छैन।