दुई सातामै सरकारको कुल खर्च साढे ४३ अर्बले बढ्यो, विकास खर्चमा सुधार छैन, बैंकमा साढे ४८ अर्ब

बिजमाण्डू
२०७५ पुष १८ गते ०९:२९ | Jan 2, 2019
दुई सातामै सरकारको कुल खर्च साढे ४३ अर्बले बढ्यो, विकास खर्चमा सुधार छैन, बैंकमा साढे ४८ अर्ब


काठमाडौं। दुई सातामा सरकारको साधारण खर्च अस्वभाविक बृद्धि भएको छ। अर्थ मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार, तैपनि सरकार अझै १६६ अर्ब रुपैयाँ बचतमा गएकव छ। 

Vigo
GBIME
Tata

सरकारले स्थानीय निकायलाई दिएको बजेटमध्ये बैंकहरुलाई ४८ अर्ब ५५ करोड रुपैयाँ निक्षेपका रुपमा परिचालन गर्न दिएको छ। 

यसबीचमा सरकराले ३२७ अर्ब ५२ करोड रुपैयाँ राजश्व उठाएको छ। दुई साताअघि राजश्व ३०६ अर्ब रुपैयाँ थियो। गैरकर राजश्व २६ करोड रुपैयाँ उठेको छ। 

सरकारले बिकास खर्च भने जम्मा ३९ अर्ब ३१ करोड रुपैयाँ मात्र गर्न सकेको छ। दुई साताअघि साढे ३२ अर्ब विकास खर्च थियो। यस अवधिमा विकास खर्चको हिस्सा थोरैले बढेपनि साधारण खर्च भने उच्च दरले बढेको छ।

मंसिर २९ मा साधारण खर्च २१२ अर्ब ८८ करोड हरुपैयाँ थियो। अहिले बढेर २४६ अर्ब ६३ करोड पूगेको छ। वित्तीय ब्यवस्थापनतिरको खर्च १७ अर्ब ७३ करोडबट बढेर २० अर्ब ९६ करोड रुपैयाँ पुगेको छ। 

साधारण खर्च उच्च दरले बढेका कारण कुल खर्चमा पनि फराकिलो अन्तर देखिएको छ। दुई साताअघि २६३ अर्ब १८ करोड रुपैयाँ कुल खर्च थियो। अहिले ३०६ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ।