गभर्नरको अभिव्यक्ति र अध्ययन समितिको प्रतिवेदनपछि हौसिएका साना लगानीकर्ता फसे

बिजमाण्डू
२०७५ पुष १८ गते १४:१२ | Jan 2, 2019
गभर्नरको अभिव्यक्ति र अध्ययन समितिको प्रतिवेदनपछि हौसिएका साना लगानीकर्ता फसे

काठमाडौं। मुद्रा र शेयर बजारको अध्ययन गर्न गठित कार्यदलले दिएको सुझाब नेपाल राष्ट्र बैंकले जस्ताको तस्तै कार्यान्वयनमा ल्यायो। यो कार्यदलको प्रतिवेदन कार्यान्वयनमा आउनुअघिनै गभर्नर डा. चिरञ्जिबी नेपालले बैंकको ब्याजदर घट्ने र बैंकले प्रदान गर्ने शेयर कर्जाको सीमा बढेपछि बजार बढ्ने सार्वजनिक अभिव्यक्ति दिए। 

Tata
GBIME
Nepal Life

पुस १० गते प्रतिनिधिसभा अर्थसमिति बैठकमा उनले दिएको अभिव्यक्तिको भोलिपल्टै शेयर बजार ३६.०१ अंकले बढ्यो। गभर्नर नेपालको अभिव्यक्तिसँगै सर्वसाधरण लगानीकर्ता शेयर किन्न हौसिए।

एक ब्रोकरका अनुसार त्यो बेलामा शेयर बेच्नेमा अधिकांश लगानीकर्ता म्युचुअल फण्डका थिए। बजार बढाएर बेच्न मौका कुरेर बस्नेले पनि शेयर बिक्री गरे। बजार बढ्ने अपेक्षासहित शेयर किन्ने साना लगानीकर्ता फेरि फसेका छन्।

'सबैतिरबाट सकारात्मक कुराहरु आउन थालेपछि शेयर खरिद गरेको थिएँ। तर बजार भोलिपल्टैदेखि घट्न थाल्यो,' एक लगानीकर्ताले भने, 'शेयर किनेको पैसा पनि तिरेको छैन। तर बजार भने लगातार घट्न थाल्यो'। 

मिति

सूचक परिवर्तन

कारोबार रकम

पुस ८

-0.5

882120278

पुस ९

-17.96

798718053

पुस १०

-0.02

421316723

पुस ११

36.01

696531034

पुस १२

8.04

1129969209

पुस १५

0.65

454284393

पुस १६

-4.82

400312385

पुस १७

-14

228543415

बजारमा हुने घटनाको विश्लेषण गर्दै घट्दो बजारमा पनि नाफा कमाउन केहि लगानीकर्ता सक्रिय हुन्छन्। जब लगानीकर्ताले आन्दोलन गर्न थाले त्यति बेलादेखि नै थोरैथोरै शेयर खरिद गर्ने अनि आन्दोलनले ल्याउने सानोतिनो उपलब्धीलाई 'क्यास' गर्न लगानीकर्ता सक्रिय हुन्छन्। यस्तो बेलामा हल्लाको पछाडि दौडने लगानीकर्ता फस्न पुग्छन्। 

समितिकै प्रतिवेदनको 'बेस'मा नेपाल राष्ट्र बैंकले बैंक व्याजदरलगायतका क्षेत्रमा केही निर्देशन पनि दिएको छ।

राष्ट्र बैंको निर्देशनसँगै शेयर बजारमा एकै दिन ३६.०१ अंकले सुधार आयो र कारोबार रकम पनि ६९ करोड रुपैयाँ पुग्यो।

अघिल्लो दिनको ३६ अंकको सुधारलार्इ हेर्दै दोस्रो दिन साधारण लगानीकर्ता बजार प्रवेश गरे। तर तेस्रो दिन अघिल्ला दिनमा जस्तो सुधारको संकेत देखिएन जसले गर्दा कारोबार रकमनै ४५ करोड रुपैयाँमा खुम्चियो। 

यस अवधिमा शेयर खरिद गरेका लगानीकर्ता अहिलेको अवस्थामा घाटामा छन्।

कात्तिक अन्तिम सातापछि शेयर खरिद गरेका लगानीकर्ताले राम्रै मूल्य हात पार्न सफल भए।

कात्तिक अन्तिम सातामा शेयर खरिद गरेका लगानीकर्ताले तीन दिनको सुधारमा शेयर बिक्री गर्न सफल भए।