बोनश खोस्ने सरकारी तयारी विरुद्ध रोजगारदाता र मजदुर युनियन, बोनश विधेयक सच्याउन दबाब दिने

बिजमाण्डू
२०७५ पुष १८ गते २१:०७ | Jan 2, 2019
बोनश खोस्ने सरकारी तयारी विरुद्ध रोजगारदाता र मजदुर युनियन, बोनश विधेयक सच्याउन दबाब दिने


काठमाडौं। २० लाख कर्मचारीको बोनश खोस्ने सरकारी निर्णय विरुद्ध रोजगारदाता र मजदुर युनियन एकजुट भएका छन्।

Tata
GBIME
Nepal Life

सरकारले संसदमा पेश गरेको बोनश विधेयकमा कर्मचारी कल्याणकारी कोषको रकम सामाजिक सुरक्षा कोषमा लैजाने निर्णय विरुद्धमा रोजगारदाता र युनियन एकजुट भएका हुन्। संयुक्त ट्रेड युनियन समन्वय समिति(जेटियुसीसी)ले बुधवार आयोजना गरेको छलफलमा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा,नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र उपाध्यक्ष चन्द्र ढकालले कल्याणकारी कोषको रकम सामाजिक सुरक्षा कोषमा लैजाने गरि विधेयक ल्याइएकोमा असहमति जनाए।

उनीहरुले कर्मचारी कल्याणकारी कोषको रकम सरकारी कोषमा लैजाने निर्णय भए कर्मचारीको उत्पादकत्व घट्ने जिकिर समेत गरे। महासंघका उपाध्यक्ष ढकालले कर्मचारीले तलब वाहेक बोनश र कल्याणकारी कोषका लागि राम्रो मेहेनत गर्ने बताउँदै यो रकम सरकारी कोषमा गएमा कर्मचारीको उत्पादकत्व समेत घट्ने बताए। जेटियुसीसीका अध्यक्ष विनोद श्रेष्ठले बोनश विधेयकमा रहेका श्रमिकको हित विपरित राखिएका बुँदा सच्याउन सबै युनियन मिलेर अघि बढ्ने बताए।