अन्त:शुल्कको असर: वीरगंजबाट मोबाइल सेट आयात आधा भन्दा बढीले घट्यो, भन्सारनै २ करोड कम





वीरगंज। सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत अन्त:शुल्क लगाएपछि मोबाइलको आयात ठूलो गिरावट आएको छ। वीरगंज भन्सार कार्यालयबाट पाँच महिनाको अवधिमा मोबाइल आयात आधा भन्दा बढीले घटेको छ।

वीरगंज भन्सारका सूचना अधिकारी मनीष महतोका अनुसार पुस १६सम्म १ लाख १० हजार ६ सय ९८ थान मोबाइल सेट आयात भएको छ। गत वर्षको सोही अवधिमा २ लाख ४९ हजार २ सय ८० थान मोबाइल सेट भित्रिएको थियो।
Sipradee


 मोबाइलको आयात घटेपछि भन्सार राजस्व १ करोड ७८ लाखले घटेको छ। महतोका अनुसार गत वर्ष ३ करोड ५ लाख ९४ हजार रुपैयाँ बराबर भन्सार उठेको थियो। तर चालु आर्थिक वर्षको पाँच महिनामा मोबाइलबाट जम्मा २ करोड १४ लाख ५५ हजार रुपैयाँ बराबरको राजस्व उठेको छ।



Share this Story

   

अन्त:शुल्कको असर: वीरगंजबाट मोबाइल सेट आयात आधा भन्दा बढीले घट्यो, भन्सारनै २ करोड कम को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.