एउटै बीमा लेखबाट श्रीमान श्रीमतीको जीवन बीमा, न्यूनतम ५० हजारदेखि जतिसुकै रकमको पनि बीमा हुने

बिजमाण्डू
२०७५ पुष २५ गते १३:०८ | Jan 9, 2019


काठमाडौं। एशियन लाईफ इन्स्योरेन्स कम्पनीले एउटै बीमा लेखबाट श्रीमान/श्रीमतीको जीवन बीमा हुने गरी दम्पती सुरक्षा प्लस संयुक्त सावधिक जीवन बीमा योजना ल्याएको छ।

Tata
GBIME
Nepal Life

यस योजनाले श्रीमान श्रीमती दुवैको छुट्टाछुट्टै जोखिम बहन गर्ने कम्पनीले जनाएको छ।

यो बीमा लेख न्यूनतम ५० हजार रुपैयाँदेखि माथि जतिसुकै रकमको लिन सकिने कम्पनीले जानकारी दिएको छ। कम्पनीले अनुसार ठूलो बीमाङ्कको बीमा शुल्क रकममा छुट दिने समेत जनाएको छ।  कम्पनीका अनुसार यो योजनाबाट दुर्घटना मृत्यु लाभ, स्थायी अपाङ्ग अशक्त सुविधा एबं बीमा शुल्कमा छुट पाइनेछ।

यो बीमालेखको बीमा शुल्क मासिक, त्रैमासिक, अर्द्धवार्षिक तथा वार्षिक रुपमा भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ।

बीमितले बीमा अवधि सकिएपछि बीमाङ्क रकम र बोनस प्राप्त गर्न सक्ने छन्।यदि दम्पतीमध्ये एकजनाको बीमा अवधिमा मृत्यु भएमा बीमाङ्क रकमको १०० देखि २५० प्रतिशत रकम र आर्जित बोनस प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।

त्यस्तै बीमा अवधिभरमा दुवैको मृत्यु भएमा पनि बीमाङ्कको १०० देखि २५० प्रतिशत सम्मको रकम र आर्जित बोनस  हकवालाले प्राप्त गर्न सक्नेछन् ।