कुमारी बैंकको पश्चिम रुकुममा तीन शाखारहित बैंकिङ सेवा केन्द्र सञ्चालनमा

बिजमाण्डू
२०७५ पुष २५ गते १३:३७ | Jan 9, 2019
कुमारी बैंकको पश्चिम रुकुममा तीन शाखारहित बैंकिङ सेवा केन्द्र सञ्चालनमा


काठमाडौं। कुमारी बैंक लिमिटेडले पश्चिम रुकुमका ३ स्थानबाट शाखारहित बैंकिङ सेवा सुरु गरेको छ। 

Tata
GBIME
Nepal Life

शाखारहित सेवाको थालनीपछि स्थानीय वासिन्दाहरुले रुकुमको मुसीकोट नगरपालिका–४ सोलाबाङ्ग, त्रिवेणी गाउँपालिका–३ झुल्नेता र सानीभेरी गाउँपालिका–९ सिम्लीबाट विभिन्न बैंकिङ्ग सेवाहरुको लाभ उठाउन सक्नेछन्। 

पाँच वर्षअघि जिल्ला सदरमुकाम मुसिकोट, खलङ्गामा शाखा विस्तार गरेर स्थानीयस्तरमा बैंकिङ सेवा दिईरहेको कुमारी बैंकको कुल शाखा ८८ छन्।