हवाइ इन्धनको भाउ लिटरमा १० रुपैयाँ घट्यो, आन्तरिक हवाइ उडानको भाडा घटाउन भोली बैठक




काठमाडौं। नेपाल आयल निगमले हवाइ इन्धनको भाउ घटाएको छ। निगमले आन्तरिक हवाइ सेवातर्फको इन्धनका लागि भाउ लिटरमा १० रुपैयाँले घटाएको जनाएको छ।

अहिले एक लिटर इन्धनको भाउ १०४ रुपैयाँ ५० पैसा थियो। अब घटेर ९४ रुपैयाँ ५० पैसामा आएको छ। 
Tata Nexcon AMT


निगमले गत साता पेट्रोलियम पदार्थको भाउ दुई रुपैयाँका दरले घटाएको थियो। इन्धनको भाउ घटाए पनि खाना पकाउने ग्यासको मूल्य भने घटाइसकेको छैन।

लिटरमा १० रुपैयाँ इन्धनको भाउ घटेपछि वायु सेवा कम्पनीहरुले आन्तरिक उडानको टिकट मूल्य पनि घटाउने पर्छ। नागरिक उड्डयन प्राधिकरण र एयरलाइन्स एसोसिएसन नेपाल बीच शुक्रबार छलफल गरेर हवाइ टिकट मूल्य घटाउने निर्ण हुने एसोसिएसनका अध्यक्ष पवित्रकुमार कार्कीले जानकारी दिए। यसो हुँदा काठमाडौंबाट बिराटनगरसम्मको हवाइ भाडा २४० रुपैयाँले घट्ने छ।

Share this Story

   

हवाइ इन्धनको भाउ लिटरमा १० रुपैयाँ घट्यो, आन्तरिक हवाइ उडानको भाडा घटाउन भोली बैठक को लागी १ प्रतिक्रिया(हरु)

Rakesh[ 2019-01-10 02:50:45 ]
Hawai indhan ko vau 10 ghatda vada ghatne.
Garib jantaa ko sawari indhan 6 rupaiya le ghatda chai vada ghatne baithak nahune?
Kina mahangi sanga thula ko matrai interrelated hunxa ho ra?

   हालसम्म ३१ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.