वीरगंजमा प्रदेश स्तरीय सूचना प्रविधि प्रदर्शनी सुरु, मेयर सरावगी भन्छन्- अब बीरगंज आईटीको हब

बिजमाण्डू
२०७५ पुष २९ गते ०९:४५ | Jan 13, 2019


वीरगंज। प्रदेश २ लाई सूचना प्रविधि मैत्री बनाउने उदेश्यले वीरगंजमा सूचना प्रविधि प्रदर्शनी शुरु भएको छ । ‘क्यान इन्फोटेक–२०१९’ प्रदर्शनी नगर सभा गृहमा चार दिनका लागि शुरु भएको हो ।

Tata
GBIME
Nepal Life

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ पर्सा)को आयोजनामा शुरु भएको प्रदर्शनीको पहिलो संस्करणमा राष्ट्रिय र अन्तराष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धित कम्पनीको करिब ५० स्टल राखिएको छ ।

वीरगंज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले  प्रदर्शनीको उद्घाटन गर्दै विकासका लागि सूचना प्राविधिको महत्वपूर्ण स्थान रहेको चर्चा गरे । उनले आईटिको सहयोगले विश्व साँगुरो भएको र घन्टौं लाग्ने काम अब केहि मिनेट मै भइरहेको बताए

मेयर सरावगीले वीरगंज महानगरपालिकालाई आईटिको हव बनाउने योजनालाई महानगरपालिका कार्यालयबाट पूर्ण सहयोग हुने बताए । प्रदेश २ र यहाँका सबै स्थानीय तहलाई प्रविधिमैत्री बनाउने केन्द्र र प्रदेश सरकारसंगै स्थानीय सरकार पनि लाग्नुपर्ने उनले सुझाव दिए ।

वीरगंज महानगरलाई डिजिटल बनाउने अभियानमा पनि प्रविधिको योगदान नै रहने उनले स्मरण गरे । क्यान पर्साका अध्यक्ष आलोककुमार चौरसियाले सूचना प्रविधि क्षेत्रको विकासमा तिनै तहसंग प्रदेश २ का आइटी जानकारहरुसंग समन्वय गर्न उनले आग्रह गरे ।

प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशन, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट्स, सफ्टवेयर सोलुशन, पेमेन्ट सोलुसन्स् तथा  अन्य कम्पनी सहभागी छन् ।