एक बर्षभित्र यसरी चिटिक्क पारिँदैछ सिंहदरबार, अनुकरणीय र सुन्दर बनाइने, साजसज्जामा ध्यान

बिजमाण्डू
२०७५ पुष ३० गते १४:०२ | Jan 14, 2019
एक बर्षभित्र यसरी चिटिक्क पारिँदैछ सिंहदरबार, अनुकरणीय र सुन्दर बनाइने, साजसज्जामा ध्यान

काठमाडौं। सरकारले सिंहदरबार परिसरलाई सुन्दर बनाउने तयारी अघि बढाएको छ। केही दिनअघि बसेको सचिवहरुको बैठकले असार मसान्तसम्ममा सिंहदरबार परिसरलाई सुन्दर र अनुकरणीय बनाउने निर्णय गरेको हो। 

Tata
GBIME
Nepal Life

सिंहदरबार परिसर सुन्दर बनाउनका लागि सुविधामा प्रयोग हुँदै आएका पुराना उपकरण र फर्नीचरहरु हटाउनुका साथै हरियाली वातावरण सिर्जना गर्न विभिन्न मन्त्रालयलाई निर्देशन दिइएको छ। 

सिंहदरबार परिसरलाई सुन्दर र अनुकरणीय बनाउने उद्देश्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले अर्थ मन्त्रालयको अगुवाईमा सहरी विकास मन्त्रालय, ऊर्जा जल श्रोत तथा सिंचाई मन्त्रालय, संघीय मामीलालगायत सबै मन्त्रालयलाई विध्युतीय, आधुनिक प्रविधियुक्त सिँचाई, पुनर्निर्माणलगायत कुरालाई प्राथमिकता दिइँदै तोकिएको समयमा व्यवस्थापन गर्न निर्देशन दिएको छ।

यसरी पारीमार्जन गरिँदैछ सिंहदरबार परिसरलाई 
साविकको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अघिको परिसर, दक्षिणतर्फको बगैंचालाई ऐतिहासिक एवं पुरातत्विक महत्व झल्कने गरी विद्युतीकरणसहित व्यवस्थित गर्न शहरी विकास मन्त्रालयलाई निर्देशन दिइएको छ। सहरी विकासलाई यो काम सक्न २०७६ असार मसान्तसम्म समयावध दिइएको छ।  

यसैगरी सिंहदरबार परिसरभित्र रहेका सबै बगैंचा सिंचाई गर्न एकीकृत आधुनिक प्रविधियुक्त सिंचाइ प्रणालीको प्रबन्ध गर्न ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयलाई निर्देशन दिइएको छ। यो कामको लागि असार मसान्तसम्म समयावधि तोकिएको छ।

यसैगरी सिंहदरबारको गुरु योजनाअनुसारका कामहरु तुरुन्त अघि बढाउनुका साथै परिसरको चारै दिशामा अवस्थित पर्खालको बाहिरीपट्टी राष्ट्रिय महत्वको अवसरमा बत्ती बाल्न विध्युतीय व्वस्था मिलाउन र पर्खाल रंगरोगन गर्न सहरी विकास मन्त्रालयलाई निर्देशन दिइएको छ। यो कामका लागि असार मान्तसम्म समयावधि तोकिएको छ। 

यसैगरी सिंहदरबार परिसरभित्र प्रवेश गर्ने प्रवेशद्वारहरु ऐतिहासिक एवं पुरातात्विक महत्व दर्शने गरी पुनर्निमाण एवं मर्मत गर्न सहरी विकास मन्त्रालयलाई निर्देशन दिइएको छ। यो कामका लागि असार मसान्तसम्म समयावधि तोकिएको छ।  

प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालयमा रहेका सवारीसाधनहरु मर्मत गरी सञ्चालनमा ल्याउन निर्देशन दिएको छ। मर्मत गरी प्रयोगमा नआउने किसिमका सवारी साधनहरु शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँगको समन्वयमा प्राविधिक शिक्षालयलाई हस्तातरण गर्न निर्देशन दिइएको छ। हस्तान्तरण नहुने किसीमका सवारीसाधन लिलाम गर्न र पुनः प्रयोगमा ल्याइएका वारी साधनको विवरण प्रधानमनत्री तथा मन्त्रिपरिषदको कार्यालयमा पठाउन निर्देशन दिइएको छ। यो कामका लागि २०७६ माघ मसान्तसम्म समयावधि तोकिएको छ।

यसैगरी अनावश्यक सवारीसाधनको विवरण तयार पारी संघीय मामीला तथा सामान्य प्रशाशन मन्त्रालयमा पठाउन र प्रयोग गर्न मिल्ने किसिमका सवारीसाधन आवश्यक प्रक्रिया पुरा गरी स्थानीय तहमा हस्तान्तरण गर्न निर्देशन दिइएको छ। यो कामको लागि आउँदो २०७६ माघ मसान्तसम्म समयावधी तोकिएको छ। 

यसैगरी प्रधानमन्त्री कार्यालय र मन्त्रिपरिषदले सबै मन्त्रालयमा भर्यामङमुनी, छत माथी र भवन परिसरमा रहेका पुराना फर्नीचरलगायत सौन्दर्य बिगार्ने सामग्री तत्काल हटाई पानीको फोहोरामार्फत नियमित सफा गर्न र खाली ठाउँमा हरियाली वातावरण बनाउन निर्देशन दिएको छ।