एनआईसी एशियाको छलाङः ६ महिनामै कमायो एक अर्ब ५१ करोड रुपैयाँ, वेसरेट सिंगल डिजिटमा

बिजमाण्डू
२०७५ माघ २ गते १२:०६ | Jan 16, 2019
एनआईसी एशियाको छलाङः ६ महिनामै कमायो एक अर्ब ५१ करोड रुपैयाँ,  वेसरेट सिंगल डिजिटमा



काठमाडौं। एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १६४ प्रतिशतले नाफा बढाएको छ। बैंकले ६ महिनाको अवधिमा एक अर्ब ५१ करोड रुपैयाँ नाफा गरेको छ।

Tata
GBIME
Nepal Life

गत वर्षको सोही अवधिमा ५७ करोड रुपैयाँ मात्रै नाफा थियो। नियामकीय प्रणाली अनुसार समायोजन गर्दा लाभांश बाँड्न योग्य नाफा भने एक अर्ब २६ करोड रुपैयाँ हुन आउँछ।बैंकले ६ महिनाको अवधिमा निक्षेप संकलन ४६ प्रतिशतले बढाएको छ भने कर्जा लगानी ४८ प्रतिशतले बढेको छ। बैंकले पुस सम्ममा एक खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब ४९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको हो।

बैंकको खुद व्याज आम्दानी १३३ प्रतिशतले बढेको छ। जसमा ब्याज आम्दानी ७४ प्रतिशतले बढेको छ भने ब्याज खर्च ५१ प्रतिशतले बढेको छ। बैंकले खुद व्याज आम्दानी तीन अर्ब ६० करोड रुपैयाँ आर्जन गरेको छ। प्रतिशेयर आम्दानी एक वर्षको अवधिमा १४ रुपैयाँबाट ३४ रुपैयाँ पुगेको छ।

बैंकको कष्ट अफ फण्ड, पूँजी कोष अनुपात र आधार व्याज दर घटेको छ।  बैंकको स्प्रेडदर भने गत वर्ष भन्दा केही बढेर ४.९८ प्रतिशत पुगेको छ। आधार व्याजदर भने १०.७४ प्रतिशतबाट ९.३३ प्रतिशतमा झरेको छ। पूँजी वृद्धि योजनापछि शाखा विस्तारसँगै सेवा पनि एग्रेसिभ रुपमा अघि बढाएको छ।
 

वित्तीय विवरण (रु. हजारमा)

एनआईसी एशिया बैंक

बृद्धि (%)

पुस २०७५

पुस २०७४

पूँजी कोष

213,611,662

139,612,555

53

चुक्ता पूँजी

8,834,229

8,031,117

10

जगेडा कोष

4,411,258

2,655,758

66

निक्षेप

175,764,356

120,467,013

46

कर्जा लगानी

149,303,944

100,954,924

48

व्याज आम्दानी

9,656,182

5,554,882

74

व्याज खर्च

6,048,565

4,009,859

51

खुद व्याज आम्दानी

3,607,617

1,545,023

133

कुल संचालन मुनाफा

4,611,140

2,070,288

123

खुद नाफा

1,511,459

571,794

164

नियामकीय समायोजन

-251,234

0

नियामकीय समायोजन पछिको नाफा

1,260,225

571,794

120

कस्ट अफ फण्ड

7.16

7.6

 

पूँजी कोष अनुपात

11.97

13.59

 

खराव कर्जा

0.3

0.26

 

आधार व्याजदर

9.33

10.74

 

स्प्रेड दर

4.98

4.27