शेयर बजार फेरि ओरालो, ५३ करोडको कारोबार, माथिल्लो तामाकोशीको शेयर मूल्य २८३ रुपैयाँ

बिजमाण्डू
२०७५ माघ २ गते १५:४१ | Jan 16, 2019


काठमाडौँ। शेयर बजार बुधबार फेरि घटेको छ। मंगलबार दोहोरो अंकले बढेको शेयर बजार बुधबार भने ७.५७ अङ्कले घटेर ११८७ अंकमा ओर्लियो।

Tata
GBIME
Nepal Life

नेपाल स्टक एक्सचेन्ज(नेप्से)माबुधबार ५३ करोड रुपैयाँको शेयर कारोबार भयो। १६९ कम्पनीले बुधवार कारोबार गरे। १७ लाख ४४ हजार कित्ता शेयर कारोबार भयो। उपसूचक मिश्रित छन्। ११ उपसूचकमा नौ समूहको सूचक घट्यो भने तीन समूहको उपसूचक बढेको छ। सबैभन्दाबढी अन्यको १.६४ प्रतिशतले घट्यो। जलविद्युत समूह १.८ प्रतिशतले बढ्यो।

माथिल्लो तामाकोशीको शेयर मूल्य लगातार बढ्दो क्रममा देखिएको छ। कारोबार खुले देखिनै लगातार १० प्रतिशत बढेको कम्पनीको शेयर मूल्य बुधबारपनि १० प्रतिशतले बढेर २८३ रुपैयाँ प्रति कित्तामा बन्द भएको छ। बुधवार किन्ने लगानीकर्ता धेरै देखिएपनि बिक्री गर्ने प्रर्याप्त थिएनन्।