हायातको शेयर कारोबार खुल्यो, नेप्सेलाई कम्पनीले भन्यो-‘माइन्युट समयमा उपलब्ध भएन’

बिजमाण्डू
२०७५ माघ ३ गते १२:२५ | Jan 17, 2019
हायातको शेयर कारोबार खुल्यो, नेप्सेलाई कम्पनीले भन्यो-‘माइन्युट समयमा उपलब्ध भएन’


काठमाडौं। तारा गाउँ रिजेन्सी होटेल(हायात)को दोस्रो बजारमा कारोबार खुला भएको छ। कम्पनीले सन्तोषजनक स्पष्टीकरण दिएको भन्दै अब धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ४८ को उपदफा १ अनुसार नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कारोबार खोलिदिएको हो।

Tata
GBIME
Nepal Life

कम्पनीको गत पुस २४ गते बसेको संचालक समितिको बैठकले गरेको लाभांस सम्बन्धी निर्णयको माइन्युट समयमा उपलब्ध नभएका कारण सूचनामा समय दिन नसकिएको स्पष्टीकरण दिएको छ।नेप्सेले तोकिए बमोजिम गर्न र त्यस्ता गल्ती नदोहोर्याउन सचेत गराएको छ।

गत माघ एक गते लाभांशको सूचना ढिला दिएको भन्दै नेप्सेले कारोबार रोकेको थियो। १२.६३१ प्रतिशत नगद लाभांश दिने निर्णय सोमबार गरेर सूचना मंगलबार मात्रै दिएपछि कारोबार रोकेको थियो।