शेयर बजारमा मन्दी: ‘बढ्यो भनेर किन्यो भोलिपल्टै घट्छ’, होल्ड गर्ने सीमा नाघिसक्यो शेयर किन्ने खोइ

बिजमाण्डू
२०७५ माघ ३ गते १५:४५ | Jan 17, 2019


काठमाडौं। मन्द शेयर बजारमा केही सूचक बढ्दा हौसिने लगानीकर्ता बजार रातो हुने वित्तीकै भएको शेयर पनि बिक्री गर्न थाल्छन्। घट्दो ट्रेण्डमा रहेको बजारमा शेयर खरिद गर्ने बेला यहि हो भनेर उठायो भोलिपल्ट देखिनै घट्न थाल्छ।

Tata
GBIME
Nepal Life

एक ब्रोकरले भने 'सक्रिय लगानीकर्ताको हातमा शेयर धेरै छ तर खरिद गर्ने ठूला लगानीकर्ता छैनन्। यसले गर्दा भोलिका दिनमा बजार बढ्छ होल्ड गरेर राखौं भन्नेहरुसँग पनि कन्फिडेन्स छैन'।

बजार बढ्छ भन्ने भयो भने मात्रै लगानीकर्ताले शेयर कर्जा लिएर शेयर खरिद गर्छन्। तर बजार डाउन ट्रेण्डमा हुँदा कसैले पनि आँट गरेर शेयर खरिद नगर्ने एक ब्रोकर कार्यालयका प्रमुखले बताए।

माघ एक गते एकाएक १७ अंकले बजार बढ्यो। बजार बढ्यो भनेर त्यस दिन हौसिएर शेयर खरिद गर्नेहरुले गएका लगातार दुई दिन गुमाइसके। यसले गर्दा पनि शेयर बजारमा अझै मन्दी देखिएको हो।

१७ अंकले बजार बढ्दा ३७ करोड रुपैयाँको कारोबार भयो तर बुधबार  बजार ७ अंकले घट्दा कारोबार रकम ५३ करोड रुपैयाँको भयो। यो तथ्याङ्कले लगानीकर्ताको मनोबल नभएको संकेत गर्दछ।

बजार अलिकति बढ्नासाथ शेयर बेचेर बाहिरिने अनि बढ्ने संकेत देखिए पनि शेयर खरिद गर्न खोज्ने सामान्य अवस्था बाहेका बजारमा कुनै चाप नभएको ब्रोकरहरु बताउँछन्।

बिहीबार सामान्य उतारचढावसँगै २८ करोड ७७ लाख रुपैयाँको कारोबार भयो। नेप्से सूचक ०.२० अंकले मात्रै तल झरेर १८७.७७ विन्दुमा रोकिएको छ।

अपर तामाकोशी बिहीबार पनि १० प्रतिशतले बढेको छ भने जोशी हाइड्रोपावर १० प्रतिशतले घटेको छ। अपर तामाकोशीको बजार मूल्य ३११ रुपैयाँ पुगेको छ।