काठमाडौं। सिटिजन्स बैंकले नगद फिर्ता योजना ल्याएको छ।
यस अनुसार बैंकको भिजा डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी मेशिन वा अनलाइन कारोबार गर्दा प्रत्येक कारोबारको १० प्रतिशत क्यास ब्याक हुने बैंकले जनाएको छ।
यस्तो नगदफिर्ताको सीमा हरेक दिन ५ सय र प्रतिमहिना ३ हजार रुपैयाँसम्म रहने बैंकले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ। बैंकका अनुसार यो योजना सिमित अवधिकालागि मात्र हो।
बैंकले देशैभरी फैलिएका ८१ शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट बैंकिङ्ग सेवा दिँदै आएको जनाएको छ।