एभरेष्ट बैंकले कमायो एक अर्ब ४२ करोड रुपैयाँ नाफा, स्प्रेड दर घटायो, इपिएस ३५ रुपैयाँ कायम 

बिजमाण्डू
२०७५ माघ ४ गते १०:५८ | Jan 18, 2019
एभरेष्ट बैंकले कमायो एक अर्ब ४२ करोड रुपैयाँ नाफा, स्प्रेड दर घटायो, इपिएस ३५ रुपैयाँ कायम 


काठमाडौं। एभरेष्ट बैंकले चालु आर्थिक बर्षको ६ महिनाको अवधिमा एक अर्ब ४२ करोड रुपैयाँ नाफा गरेको छ। बैंकले गत बर्षको भन्दा १६ प्रतिशतले नाफा सुधार गरेको हो। नियामकीय समायोजन पछिको नाफा भने ६.६७ प्रतिशतले मात्रै बृद्धि भएको देखिन्छ। 

Tata
GBIME
Nepal Life

बैंकको व्याज आम्दानी ३१ प्रतिशतले सुधार हुँदा व्याज खर्च भने ४८ प्रतिशतले बढेको छ। यसको प्रभाव बैंकको खुद व्याज आम्दानीमा देखिएको छ। गत बर्षको भन्दा १५ प्रतिशतले मात्रै खुद व्याज आम्दानीमा सुधार आउँदा यस्तो आम्दानी दुई अर्ब ६७ करोड रुपैंयाँ भएको हो।

बैंकले निक्षेप संकलन १५ प्रतिशले बढाएको छ भने ऋण लागनी विस्तार २३.०५ प्रतिशले बढाएको छ। छ महिनाको अवधिमा एक खर्ब २४ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब ५ अर्ब रुपैयाँ ऋण लगानी गरेको हो। बैंकको चुक्ता पूँजी ८ अर्ब १० करोड रुपैयाँ छ भने जगेडा कोष थप १२.३२ प्रतिशतले बढेर ७ अर्ब ५८ करोड रुपैयाँ जम्मा भएको छ। 

कर्जा विस्तार २३ प्रतिशतले विस्तार भएसँगै पूँजी कोष अनुपात ३.११ प्रतिशत विन्दुले घटेको छ। बैंकको खराव कर्जा थप ०.०६ प्रतिशतले सुधार भई ०.१९ प्रतिशतमा झरेको छ। आधार व्याजदर ०.३८ प्रतिशत विन्दुले बृद्धि भएर ८.२२ प्रतिशत कायम भएको छ। बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार स्प्रेड दर ४.३८ मा झारेको छ। प्रति शेयर आम्दानी ३५ रुपैयाँ छ।  

विवरण (रु. हजारमा)

पुस २०७५

पुस २०७४

बृद्धि (%)

नियामकीय अनुसारको नाफा

1041824

976722

6.67

एनएफआरएस अनुसारको नाफा

1429915

1222832

16.93

व्याज आम्दानी

6206662

4702625

31.98

व्‍याज खर्च

3535580

2380718

48.51

खुद व्याज आम्दानी

2671082

2321907

15.04

निक्षेप संकलन

124177926

103299183

20.21

ऋण लगानी

105927470

86082751

23.05

चुक्ता पूँजी

8106863

8106863

0.00

जगेडा कोष

7581148

6749788

12.32

पूँजी कोष अनुपात (%)

12.57

15.68

 

खराव कर्जा (%)

0.19

0.25

 

आधार व्याजदर (%)

8.22

7.84

 

प्रतिशेयर आम्दानी (रु.)

35.63

31.42

 

स्प्रेड दर (%)

4.38

4.96