अपर तामाकोशीका शेयरधनीलाई लाभांसको निर्णय गर्न समिति गठन, हरेक दिन १०% भाउ बढ्यो 




काठमाडौं। अपर तामाकोशीको शेयर दोस्रो बजारमा सूचिकृत भएपछिको पाँच कारोबार दिनमा १० प्रतिशतका दरले मूल्य बढिरहेको छ। नेपाल स्टक एकस्चेन्ज (नेप्से) ले कम्पनीको अधिकतम सुरुवाती मूल्य २२४ रुपैयाँ तोकेको थियो। सुरुकै दिनदेखि १० प्रतिशतले बढ्दा पाँच कारोबार दिनसम्म मूल्य उचालिएर ३११ रुपैयाँ पुगेको छ। 

स्वदेशी लगानीको सबैभन्दा ठूलो जलविद्युत आयोजना अपर तामाकोशीको विद्युत उत्पादन क्षमता ४५६ मेगावाट छ। आउँदो आर्थिक वर्षेदेखि संञ्चालनमा आउने तथा लाभांस बाड्न योग्य हुने भन्दै कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको हो। 
Tata Nexcon AMT


कम्पनीले आउँदो आर्थिक वर्षमा खुद मुनाफा ४ अर्ब १० करोड रुपैयाँ हुने अनुमान गरेको छ। यसका आधारमा कम्पनीको प्रति शेयर आम्दानी ३८.७२ रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ। 

आउँदो वर्ष कम्पनीले आयोजना सम्पन्न भएपछि सरकारबाट प्रति मेगावाट ५० लाख रुपैयाँ भ्याट फिर्ता पाउनेछ। कम्पनीले ४५६ मेगावाट बराबर २ अर्ब २८ करोड रुपैयाँ पाउने छ। यो कम्पनीको मुनाफामा जोडिन्छ।

आर्थिक वर्ष २०७७/७८ मा कम्पनीले दुई अर्ब १२ करोड रुपैयाँ नाफा गर्ने प्रक्षेपण गरेको छ। यस्तो नाफा हरेक वर्ष तीन प्रतिशतका दरले बृद्धि हुँदै जाने कम्पनीका चार्टर्ड एकाउन्टेन्ट (सिए) सुरेशराज खकुरेलले जानकारी दिए। 

नाफाबाट लाभांस कहिले 
कम्पनीले आयोजना निर्माणको लागि ऋणदाता संस्था कर्मचारी सञ्चय कोषसँग विद्युत उत्पादन सुरु भएपछि १० वर्षमा कर्जा तिर्ने संझौता गरेको थियो। तर निर्माण लागत बृद्धि हुँदा यस्तो अवधि बढ्न सक्ने कम्पनीले जनाएको छ। 

कम्पनीले सुरुमा आयोजना निर्माण लागत ३५ अर्ब रुपैयाँ पर्ने अनुमान गरेको भए पनि विभिन्न कारणले लागत बृद्धि भएर ४९ अर्ब २९ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ। जसले गर्दा कम्पलनीको ऋण तिर्ने अवधि लम्बिन सक्ने खकुरेलले जानकारी दिए। 

लाभांसकै विषयलाई लिएर तामाकोशीले एउटा उपसमिति बनाएको छ। उपसमितिले अध्यायन गरेर ऋण कति अवधिमा तिर्ने र लाभांस कहिलेदेखि दिने भन्ने विषयमा प्रतिवेदन तयार पार्ने छ।

आयोजना निर्माणको लागि कम्पनीले १० अर्ब ५९ करोड रुपैयाँ शेयर पूँजी जुटाएको छ। साथै बाँकी ३८ अर्ब ७० करोड रुपैयाँ ऋण तिर्नु पर्ने हुन्छ। पहिलो वर्ष ४ अर्ब १० करोड रुपैयाँ नाफा गर्ने अनुमान गरिएको छ। 

कम्पनीले यो आयोजनाको निर्माण कार्य सकिएसँगै थप आयोजना बनाउने जनाएको छ। यसले गर्दा कम्पनीलाई थप पूँजी आवश्यक पर्ने हुन्छ। जसले गर्दा लगानीकर्ताले थप लाभ प्राप्त गर्ने देखिन्छ। 

Share this Story

   

अपर तामाकोशीका शेयरधनीलाई लाभांसको निर्णय गर्न समिति गठन, हरेक दिन १०% भाउ बढ्यो  को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.