लक्ष्मी बैंकले माघ २८ मा डाक्यो साधारणसभा, १३ गतेसम्म कायम शेयरधनीलाई ८.५०% बोनस शेयर 

बिजमाण्डू
२०७५ माघ ४ गते १३:१५ | Jan 18, 2019
लक्ष्मी बैंकले माघ २८ मा डाक्यो साधारणसभा, १३ गतेसम्म कायम शेयरधनीलाई ८.५०% बोनस शेयर 


काठमाडौं। लक्ष्मी बैंकले माघ २८ गते १८औं वार्षिक साधारणसभा डाकेको छ। बैंकको २११औ संचालक समितिको बैंठकले वार्षिक साधारणसभा र बुक क्लोजको घोषणा गरेको हो। साधारणसभा प्रयोजनको लागि बैंकले माघ १४ गते बुक क्लोज गर्ने भएको छ। 

Tata
GBIME
Nepal Life

माघ १३ गतेसम्म कायम शेयरधनीले चुक्ता पूँजीको ८.५ प्रतिशत बोनस शेयर दिने पाउन सक्ने छन्। बोनस शेयर वितरणसँगै बैंकको चुक्ता पूँजी ८ अर्ब ९२ करोड रुपैयाँ पुग्नेछ। बैंकले गत आर्थिक वर्षमा लाभांस बड्न योग्य नाफा एक अर्ब १६ करोड रुपैयाँ आर्जन गरेको थियो। कर लाभांस सहित बैंकले गत वर्षको नाफाबाट ७३ करोड ५८ लाख रुपैयाँ लाभांस दिनेछ। 

नेपाल राष्ट्र बैंकले निर्देशन गरेको ८ अर्ब रुपैयाँ जुटाएपछि पनि बोनस शेयर दिने भएको हो। पूँजी जुटाउने क्रममा बैंकले प्रोफेसनल दियालो विकास बैंक मर्जरसँगै सत प्रतिशत हकप्रद शेयर र बोनस शेयरबाट पूँजी जुटाउन सफल भएको हो। 

बैंकले विगत पाच वर्षमा वितरण गरेको लाभांस 

आर्थिक वर्ष

बोनस शेयर  %

नगद लाभांस  %

जम्मा लाभांस  %

2074/2075

8.5

0.45

8.95

2073/2074

10

0.53

10.53

2072/2073

18.29

 

18.29

2070/2071

20

1.05

21.05

2069/2070

15

 

15