प्रम ओलीद्वारा विश्व आर्थिक मञ्चको बैठकमा सहभागी हुन स्वीट्जरल्यान्ड जानेबारे सदनलाई जानकारी

बिजमाण्डू
२०७५ माघ ४ गते १५:२८ | Jan 18, 2019

काठमाडौं। जनवरी २२ देखि हुने विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम)को वार्षिक बैठकमा सहभागी हुन स्वीट्जरल्यान्ड जान लागेको प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई जानकारी गराएका छन्।

Tata
GBIME
Nepal Life

पहिलो पटक प्रधानमन्त्री स्तरमा नेपालमा सहभागी हुन लागेको भन्दै प्रधानमन्त्री ओलीले यसले नेपालले गरेको प्रगति प्रति दुनियाँको चासो मात्र नभई प्रसन्नता देखिएको बताए। उनले नेपालले गरेको द्वन्द्व व्यवस्थापनालाई दुनियाँ सरकरात्मक रुपमा लिएको बताए।

‘हामीले गरेको द्वन्द्व व्यवस्थापन, हामीले गरेको राजनीतिक र समाजिक रुपान्तरणलाई दुनियाँले अत्यन्तै सकरात्मक ढंगले लिएको छ,’ उनले भने, ‘अब नेपाल एउटा सानो पछ्यौटे मुलुक, कसैले वास्ता नगर्ने मुलुकको रुपमा होइन, नेपाल पनि विश्व मानचित्रमा विभिन्न कोणबाट एउटा उल्लेख्य सम्झिन लायक देशको रुपमा उभिन थालेको छ।’ नेपालको यही प्रगतिले दुनियाँको ध्यानाकर्षण गराएको उनको भनाइ थियो।

‘आइतवार ६ गते साँझ नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेर जाँदै छु। १२ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ,’ उनले भने।

प्रधानमन्त्री ओलीले अगाडि भने, ‘यो मञ्च विकास र लगानी जस्ता आर्थिक गतिविधिमा केन्द्रीत हुँदै दुनियाँको आर्थिक व्यवस्था, दुनियाँको आर्थिक ट्रेण्ड, आर्थिक राजनीति सहित दुनियाँको सहभागि हुने एउटा थलो हो।’

२२ जनवरीमा स्टाटेजिक आउटलुक अन साउथ एसियामा नेपालको धारणा राख्ने प्रधानमन्त्री ओलीले जानकारी दिए।

त्यस्तै प्रधानमन्त्री ओलीले जनवरी २३ सेपिङ दी फ्युचर अफ डेमोक्रेसिमा नेपालको तर्फबाट धारणा राख्ने कार्यक्रम रहेको छ। यस सत्रमा कोलम्वियाका राष्ट्रपति इभान डुक माक्र्वज, अरमानियाका प्रधानमन्त्री निकोल पाशिन्यानले पनि आफ्नो धारणा राख्ने छन्। यो सत्रमा फाइनान्सिलय टाइम्स र न्यूयोर्क टाइम्सका सम्पादक पनि यस सत्रमा सहभागी हुने छन्।

प्रधानमन्त्री ओलीले जनवरी २४ मा जि २० मुलुकसहितका देशका नेताहरुसँग छलफल हुने जानकारी दिए।

साइडलाइनमा विभिन्न देशका नेता तथा विजनेश लिडरहरुसँग भेट गर्ने नेपालको बारेमा बताउने र नेपाल प्रति आकर्षित गर्ने उनले बताए। भ्रमणका क्रममा स्वीट्जरल्याण्डका राष्ट्रपति वेली माउराबीच भेटवार्ता हुने कार्यक्रमको तयारी भइरहेको छ।

प्रधानमन्त्री ओलीले पहिलो पल्ट डावोसमा गएर नेपालको इज्जत प्रतिष्ठा बढाउने काम गने बताए। ‘नेपालको आवश्यकताहरु बताउने काम नेपालको अवस्था जनाउने काम नेपाल प्रति आकर्षण बढाउने काम र नेपाल प्रति सहयोगात्मक भावना बढाउने काम हुनेछ,’ उनले भने, ‘यस फोरममा तत्काल सम्झौता हनुे होइन यस फोरमले पछि प्रतिफल दिने हो। यसमा नेपालको सजगताका साथ सहभागिता हुने छ।’