काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले माघ ११ गते शुक्रबार देखिनै सुदूरपश्चिमको राजधानी धनगढीबाट श्रम स्विकृती दिने तयारी गरेको छ।
सातै प्रदेशबाट श्रम स्विकृती दिने तयारी गरेको मन्त्रालयले यस अघि प्रदेश २ को राजधानी जनकपुर, प्रदेश ५ को राजधानी बुटवल, गण्डकी प्रदेशको राजधानी पोखरा र कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट श्रम स्विकृती दिन सुरु गरिसकेको छ।
शुक्रबारदेखि धनगढी स्थित श्रम तथा रोजगार कार्यालयबाट समेत श्रम स्विकृती लगायत वैदेशिक रोजगारीका विभिन्न प्रक्रियागत कामको सेवा दिने गरि प्राविधिक तयारी पुरा भएको मन्त्रालयले जनाएको छ।
प्रदेश १ को राजधानी विराटनगरबाट पनि छिट्टै श्रम स्विकृती लगायतका कामहरु सुरु हुने मन्त्रालयले जनाएको छ।