नेपाल दूरसंचार प्राधिकरणले मोबाइलको एक्टिभ युजर्स सार्वजनिक गर्ने, कति होलान् प्रयोगकर्ता?

बिजमाण्डू
२०७५ माघ १३ गते १३:४५ | Jan 27, 2019
नेपाल दूरसंचार प्राधिकरणले मोबाइलको एक्टिभ युजर्स सार्वजनिक गर्ने, कति होलान् प्रयोगकर्ता?


काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकका चालु प्रयोगकर्ता मोबाइल (एक्टिभ युजर्स) को तथ्यांक सार्वजनिक गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

कूल जनसंख्या भन्दा करिब १ करोड धेरै सिमकार्ड बिक्री भएपनि चालू प्रयोगकर्ता थोरै रहेको भन्दै त्यसबारे अध्ययन थालिएको प्राधिकरण निमित्त अध्यक्ष पुरूषोत्तम खनालले जानकारी दिए। खनालले दूरसञ्चार कम्पनीका त्यस्ता ग्राहकको त्रैमासिक वा अर्धवार्षिक तथ्यांक सार्वजनिक गर्ने गरि अध्ययन भइरहेको जानकारी दिए।

संसदको विकास समितिको बैठकमा खनालले चालु प्रयोगकर्ताको संख्यामा उतारचढाव देखिने भएकाले दैनिकी तथ्यांक सार्वजनिक गर्न कठिन हुने बताए। छलफलमा खनालले बक्यौता नतिर्ने दूरसञ्चार सेवा प्रदायकको लाइसेन्स खारेज गर्नेसम्मको कारबाही अघि बढाइने उल्लेख गरे। उनका अनुसार विभिन्न दूरसञ्चार प्रदायक कम्पनीले प्राधिकरणमा ३ अर्ब रूपैयाँ बक्यौता तिर्न बाँकी छ।