क्यान इन्फोटेक सुरु, इसेवाबाटै टिकट काट्न सकिने, केके छन् यो वर्ष नयाँ नयाँ प्रविधि?

बिजमाण्डू
२०७५ माघ १५ गते १७:४६ | Jan 29, 2019
क्यान इन्फोटेक सुरु, इसेवाबाटै टिकट काट्न सकिने, केके छन् यो वर्ष नयाँ नयाँ प्रविधि?


काठमाडौं। सूचना, प्रविधि तथा विज्ञानका अत्याधुनिक उपकरणको मेला क्यान इन्फोटेक सुरु भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मेला उद्घाटन गरेका छन्।

Tata
GBIME
Nepal Life

सुबिसु र इ-सेवाको प्रायोजनमा आयोजना गरिएको यस वर्षको मेलामा सहभागी मध्येका भाग्यशाली बिजेताले इन्डोनेशियाको बाली र थाइल्याण्डको बैंकक घुम्न जाने अवसर प्राप्त गर्न सक्ने क्यानका अध्यक्ष हेमन्त चौरासियाले बताएका छन्।

यो वर्ष मेलाको इ-टिकेटीङको व्यवस्था इ-सेवाले गरेको कारण प्रविधी तथा उपकरणको मेलाले नयाँ फड्को मारेको उनले बताए। '२४ वर्षदेखि आयोजना हुँदै आएको यो मेलाले पछिल्लो समयमा प्रविधिको विकास भएसँगै मुलुकमा प्रविधी प्रयोग हुँदै आएको सातै प्रदेशका विभिन्न निकाय र प्रयोगकर्तालाई टेवा पुर्यागउने कुरामा हामी विश्वस्त छौँ,' उनले भने। 

'प्लेसिङ नेपाल इन ग्लोबल आइटी' अर्थात नेपाललाई विश्व सूचना प्रविधिको पहुँचमा पुर्यालउने मूल नारा बोकेको यो मेलामा यसपालीको मुख्य आकर्षण नेपाली विद्यार्थीले उत्पादन गरेका 'रोबोट ब्याटल'का साथै विभिन्न स्वदेशी तथा विदेशी जनशक्तीले तयार पारेका सफ्टवेयर, सुरक्षा उपकरण, औषधि ओसारपसारका लागि प्रयोग गरिने ड्रोनलगायतका सामग्री प्रदर्शन र बिक्रीका लागि राखिएको छ।

मेला अवधिभर अवलोकनकर्ताले तीन तीन घण्टाको अन्तरालमा लक्की ड्रमार्फत फ्रि मुभी टिकट र लञ्च कुपन पाउने गरिने इ-सेवाका रोशन लामिछानेले बताए। उनका अनुसार मेलामा रोबोट प्रदर्शनमा सहभागी विभिन्न विद्यालय र क्याम्पसका विद्यार्थीका लागि प्रोत्साहनका लागि नगद पुरस्कार पनि राखिएको छ। 

मेलामा हार्डवेयर, सोफ्टवेयर, ल्यापटप, आइएसपी, पेमेन्ट सोलुसन, बैंक, इन्स्योरेन्सलगायत एक सय ७५ वटा स्टल राखिएको छ। 

यो वर्ष सुविसु केवल नेटवर्कले ग्राहकको लागि आर्टिफीसीयल इन्टेलिजेन्स जडान गरिएको सेटअप बक्स सार्वजनिक गरिएको कम्पनीका अध्यक्ष सुधीर पराजुलीले जानकारी दिए। 'हामीले ग्राहकलाई दिँदै आएको डिजिटल सेटअप बक्समा एलेक्जा समावेश गरेर बजारमा ल्याउँदै छौँ। अब ग्राहकले रिमोटकै भरमा बोलेर च्यानल सर्च अथवा चेन्ज गर्न सक्नेछन्। विदेशी उत्पादन भएको कारण ग्राहकले भाषा भने अंग्रेजी नै प्रयोग गर्नुपर्ने हुन्छ,' उनले भने।