रेनोको डस्टर आरएक्सएस बजारमा, पेट्रोल भेरियन्टमा उपलब्ध, यस्ता छन् गाडीका विशेषता

बिजमाण्डू
२०७५ माघ १५ गते १८:१२ | Jan 29, 2019
रेनोको डस्टर आरएक्सएस बजारमा, पेट्रोल भेरियन्टमा उपलब्ध, यस्ता छन् गाडीका विशेषता

काठमाडौं। रेनोको नेपालका लागि आधिकारिक वितरक विशाल ग्रुपको सहायक कम्पनी एड्भान्स अटोमोबाईल प्रालिले रेनो डस्टर आरएक्सएस नेपाली बजारमा भित्र्याएको। 

Tata
GBIME
Nepal Life

नक्सालको स्टेट अफ द आर्ट शोरुममा मंगलबार सार्बजनिक गरेको हो। फ्रान्सेली अटोमोबाइल निर्माताले केडब्लूआईडीको सहकार्यमा २०१६ देखि नेपाली बजारमा रेनो डस्टरको विक्री थालेको थियो। 

रेनो डस्टर आरएक्सएस पेट्रोल भेरियन्टमा उपलब्ध छ। यसमा स्मार्टफोन भ्वाइस पहिजान प्रणाली, यूएसबी र अक्स इन कनेक्टीभिटी र ७ इन्चको टच स्क्रिन इन्फोटेन्मेन्ट कम्प्याटिबल ब्लुटुथ जडान गरिएको छ। 

आरएक्सएस संस्करणमा डियोल एयरब्याग, एबीएस, हिल एसिस्ट, इन्जिन मोबिलाइजर, सेन्ट्रल लकिङ, चाइल्ड सेफ्टी लक, पावर डोर लक, गन मेटल फिनिस सिङ्गल ह्वील लगायतका फिचर रहेका छन्। 

यसमा स्टीरिङ अडियो र फोन नियन्त्रण गर्ने, गियर रिडिङ ल्याम्प र जीपीएस नेभिगेसन जस्ता विशेषता रहेको छ। डस्टर आरएक्सएस संस्करण १.५ डीसीआई इन्जिनद्वारा संचालित छ जसले ८५ एचपीपावर र २०० एनएम टर्क जेनेरेट गर्छ।

यो संस्करणमा एयर कन्डिसनर, हिटर, स्टेरिङ एडजस्टमेन्ट, स्टेरिङ माउन्ट अडियो, पवर सप्लाई पोर्ट, रियर आर्मरेष्ट, इलेक्ट्रीकल्ली एडजस्टेवल रियर भ्यू मिरर लगायतका विशेषताहरु छन्।

डस्टर एक्सआरएसमा अगाडि डिस्क ब्रेक र पछाडि ड्रम ब्रेक रहेको छ। यसको बजार मूल्य भने सार्बजनिक गरिएको छैन।